Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिक्षा क्षेत्रको सुधारमा ध्यान दिनेछुःप्रदेश सभा सदस्य रहबर अन्सारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १२,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पुस १२ वीरगञ्ज
नव निर्बाचित प्रदेशसभा सदस्य रहबर अन्सारीले पर्सामा शिक्षाको अवस्था निकै दयनीय रहेको बताएका छन । प्रेस सेण्टर नेपाल पर्साले आयोजना गरेको सम्मान तथा भेटघाट कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य अन्सारीले पर्सामा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र पूर्वाधार संरचनाको अवस्था कमजोर रहेको बताए ।उनले संघीयता पछि पनि शिक्षामा कुनै सुधार हुन नसकेको बताउदै आफू निर्वाचित भएपछि शिक्षामा सुधारको लागि विद्यालय, अभिभावक र विद्यार्थीहरुसँग भेटघाट र छलफल गर्न थालेपछि बल्ल स्थानीय तहले पनि अनुगमन गर्न थालेको जिकिर गरे ।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार चुनाव जितेका उनँले सकारात्मक कामहरु जोसुकै बाट भएपनि सकारात्मक नै परिणाम दिने भन्दै सबैले आ–आफ्नो तहबाट पहल गरे मात्रै समग्र विकास सम्भव रहेको बताए ।शिक्षाको विकास नभएसम्म समाज रुपान्तारण हुन नसक्ने र यसले समग्र विकासमा पनि अवरोध गर्ने भएकोले विकासका लागि शिक्षा अनिवार्य शर्त रहेको बताए ।
उनँले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षाको गुणस्तर सुधारका लागि आवश्यक पहलकदमी लिन शुरु गरेको बताउदै पर्सा जिल्लाकै शिक्षाको विकासका लागि आफू निरन्तर सक्रिय रहने बताएका थिए ।प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सेण्टरका केन्द्रीय उपाध्यक्ष गोविन्द देवकोटा, केन्द्रीय सदस्य नीरज पिठाकोटे, नेकपा माओवादीका पूर्व जिल्ला इन्चार्ज तथा संयोजक बाबुराम कौशिक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन
मुख्य समाचार

छपकैयाँ–१ मा रास्वपा उम्मेदवार सुशील कुमार कानुलाई व्यापक जनसमर्थन

प्रकाशित : २०७९ पुष १२,मंगलवार
पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा
मुख्य समाचार

पर्सा–३ मा रुपेश पाण्डेद्वारा छ बुँदे विकास एजेन्डा सार्वजनिक कृषिदेखि नागरिकको आवाजसम्म प्राथमिकतामा

प्रकाशित : २०७९ पुष १२,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद