Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

२४ महिला सहित ३ सय जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २४,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,२४ मंसिर – मध्यतराइकै पहिलो रेडियो रेडियो वीरगन्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी गौरवमय रुपमा २१ औँ बर्षमा प्रवेश गरेको अवसरमा शनिबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।रेडियो परिसरमै भएको रक्तदान कार्यक्रममा २४ महिला सहित ३ सय जनाले रक्तदान गरेका छन् ।

रक्तदान गर्नेहरुमा नारायणी अस्पतालका चिकित्सक डा। उदय नारायण सिंह, बीरगन्ज हेल्थ केयरका संचालक डा।अबुल हयस अन्सारी, नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बन्जारा, रेडियो वीरगन्जका आर।के पटेल, माधुरी महतो, तबरेज अहमद, हरेन्द्र यादव , मनोहर सिंह, चिरन्जीवी चौधरी, उमेश पण्डित, राहुल साह, विरेन्द्र प्रसाद साह, फिरोज अलि मुस्तफा, मालती कुश्वाहा, पुष्पा कुमारी, निर्जला यादव लगायतका रहेको रक्त संचार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।

रक्तदान कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य राजेश्वर साह तेली, नेपाली काँग्रेसका युवा लोकेश सिंह, जसपाका जिल्ला सचिव तबरेज अहमद,युवा नेता ईश्वर यादव, ओम प्रकाश सर्राफ , वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, व्यवस्थित वीरगंज अभियानका दिलिप कार्की, स्वास्थ्यकर्मी जयमोद ठाकुर लगायतको उपस्थिति रहेको थियो ।

रक्तदान कार्यक्रमको समापनमा बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले रेडियो वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहलाई २४ महिला सहित ३ सय जनाले रक्तदान गरेको प्रमाण पत्र रक्त संचार केन्द्रको तर्फबाट हस्तान्तरण गरेका थिए ।

समापन कार्यक्रममा रेडियो बीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागि सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै छोटो समयमा गरिएको तयारीमा रक्तदाताहरुको उल्लेख्य उपस्थितिले आफूलाई थप उर्जा मिलेको भन्दै कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ मंसिर २४,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ मंसिर २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद