Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

तीन सय मानिसहरुको निशुल्क स्वास्थ्य परिक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । वीरगञ्जको आर्दशनगर स्थित चिया पसल र चोकहरुमा समूहमा बसेका तीन सय मानिसहरुको स्वास्थ्य परिक्षणगरी निशुल्क रुपमा औषधी वितरण गरिएको छ ।

रुँगटा वेल फेयर सोसाइटी बिरगंज पर्साको सहयोगमा तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ग्रिनसिटी सामुदायिक सेवा केन्द्र, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, बिरगंज सामुदायिक आँखा हस्पिटल, र प्रभु हस्पिटल बिरगंजको सयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो ।

ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको विशेष पहलमा वीरगञ्ज महानगरपालिका वडा नंं. १० आर्दशनगर स्थित चिया पसलहरुमा निशुल्क स्वास्थ्य शिविर र निशुल्क औषधी वितरण कार्यक्रम गरिएको ग्रिन सिटी सामुदायिक संस्थाका अध्यक्ष जय प्रकाश खेतानले बताए ।

विहान ७ बजे देखि शुरु भएको घुम्ति शिविरमा तीन सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो । एकसय २० जना महिला र एकसय ७० जना पुरुषको स्वास्थ्य परिण गरि औषधी समेत निशुल्क उपलब्ध गराइएको रुंगटा वेल फेयर सोसाइटीका अध्यक्ष सुरेश कुमार रुंगटाले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीुको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा वीरगञ्ज सामुदायिक आखाँ अस्पतालका प्रमुख महेश सिंहधामी, व्यवस्थीत वीरगञ्जका संयोजक दिलिपराज कार्की, प्रभु अस्पतालका डाक्टर अजय साह लगायत सरकारी तथा गैरसरकारी कार्यालयका प्रमूख तथा प्रतिनिधिहरुको उपयस्थिती रहेको थियो ।

कार्यक्रम ग्रिनसिटी सामुदायिक संस्थाका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको थियो । संस्थाले समुदायका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ । स्वास्थ्य शिविरमा प्रदेश सरकारका पूर्व खानेपानी मन्त्री ओम प्रकाश शर्मा लगायत उद्योगी व्यवसायी र सर्वसाधरणले आफ्नो स्वास्थ्य परिक्षण गराएका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक २३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद