Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हरि खेतान क्याम्पसका प्रमुख डा. भगवान यादवले पाए अवकाश, निमित्त प्रमुखकाे जिम्मेवारी किशाेरी रायलाई

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष १,आईतवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । हरि खेतान बहुमुखी क्याम्पस वीरगंजका प्रमुख डा. भगवान प्रसाद यादवले अनिवार्य अवकाश पाएका छन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेम प्रकाश (पी.पी) खेतानले डा. यादवलाई उमेर हदको कारण देखाउँदै अनिवार्य अवकाश दिएका हुन् ।

करिब ४ दशकदेखि क्याम्पस प्रमुख रहेका यादवको ठाउँमा किशोरी रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । उनी क्याम्पसका सहायक क्याम्पस प्रमुख थिए । अर्को क्याम्पस प्रमुखको व्यवस्था नभएसम्मका लागि रायलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको सञ्चालक समितिका अध्यक्ष खेतानले बताए । निमित्त क्याम्पस प्रमुखका रूपमा रायले क्याम्पस र विद्यार्थीको हकमा काम गर्ने खेतानको विश्वास छ ।

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर ५ कोपवा स्थायी घर भएका किशोरी राय ४९ वर्षका भए । उनले अंग्रेजी विषयमा एमएड गरेका छन् भने समाजशास्त्रमा एम र एलएलबीसम्मको अध्ययन गरेका छन् । उनी १८ वर्षदेखि सहायक क्याम्पस प्रमुखको रुपमा हरिखेतान बहुमुखी क्याम्पस मै कार्यरत थिए ।

दीवंगत बिहारीलाल खेतानले आफ्ना छोरा हरिगोपाल खेतानको स्मृतीमा २०३८ सालमा हरिखेतान क्याम्पसको स्थापना गरेका थिए । ११ जना विद्यार्थीबाट सुरु भएको क्याम्पसमा हाल करिब ४ हजार विद्यार्थी अध्ययनरत छन् । क्याम्पसमा प्रत्यक्ष रुपमा १ सय ४५ जनाले रोजगारी प्राप्त गरेका छन् ।

पहिलो क्याम्पस प्रमुखको रुपमा डा. भिमचरण थापा र दोस्रो क्याम्प प्रमुखमा डा. कुलानन्द दास थिए भने त्यसपछि करिब २०४० सालमा क्याम्पस प्रमुख बनेका डा. भगवान प्रसाद यादवलाई अहिले अनिवार्य अवकास दिइएको हो ।

क्याम्पस २०३८ सालमा स्थापना भएपनि त्रिविको कार्यकारी परिषद्बाट पारित भएर योजना निर्देशनालयबाट भने २३ जेठ २०७९ मा मात्रै प्रमाणिकरण भएको छ । त्यसअघि क्याम्पसको विधान कहीँकतै पनि दर्ता नरहेको पाइएको छ ।

क्याम्पसमा प्लस टु देखि स्नातकोत्तरसम्म विभिन्न संकायमा पठनपाठन हुँदै आएको छ । प्लस टु मा व्यवस्थापन, कानुन, विज्ञान, शिक्षा र मानविकी संकायको अध्यापन हुन्छ भने स्नातकमा एलएलबी, बिबिएस, बिएड र बिए पढाई हुने गरेको नवमनोनित निमित्त क्याम्पस प्रमुख किशोरी रायले जानकारी दिए ।

उनकाअनुसार स्नातकोत्तरमा एमबिएसको अध्यापन भइरहेको छ भने एम एड, एमएआरडी र समाज शास्त्रमा स्विकृत प्राप्त भएको छ ।

अवकाश प्राप्त डा. यादवले क्याम्पसलाई विधि विधान विपरीत सञ्चालन गरेको आरोप लाग्दै आएको थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० पुष १,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० पुष १,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद