Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज महानगरमा कुष्ठ रोगका बिरामी सबै भन्दा बढि

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ ६,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,०६ माघ – वीरगन्ज महानगरमा कुष्ठ रोगका बिरामीको संख्या बढ्दै गएको छ । अन्र्तराष्ट्रय कुष्ठ रोग दिवसको सन्दर्भमा शुक्रबार वीरगन्जमा आयोजित एक कार्यक्रममा पर्सा जिल्ला मै अहिले कुष्टरोगका ५४१ जना बिरामी रहेको जानकारी गराइएको हो ।

स्वास्थ्य कार्यालय पर्साको समन्वयमा द ल्याप्रोसी मिसन नेपालले आयोजना गरेको अभिमूमीखीकरण कार्यक्रममा यस्तो जानकारी गराइएको हो । पर्सामा हाल कुष्ठ रोगका ५४१ बिरामी रहेकोमा ती मध्ये जटील अवस्थाका ४४१ जना र सामान्य अवस्थाका ९८ जना रहेको द ल्याप्रोसी मिसन नेपालकी पर्सा जिल्ला अनुगमन तथा मुल्यांकन अधिकृत रिजु तिवारीले जानकारी दिइन् ।


जिल्लामा सबै भन्दा बढि वीरगन्ज महानगरपालिकामा २०६ जना र ठोरी गाँउपालिकामा भने कुष्ठ रोगका बिरामीको संख्या शुन्य रहेको छ । यस्तै पटेर्वासुगौली गाँउपालिकामा ७० जना , पोखरिया नगरपालिकामा ५१ जना , कालिकामाई गाँउपालिकामा ४१ जना , विन्दवासीननी गाँउपालिकामा ४० जना , जीराभवानी गाँउपालिकामा २६ जना ,बहुदरमाइ नगरपालिकामा २६ जना ,जगरनाथपुर गाँउपालिकामा २३ जना , पकाहा मैनपुर गाँउपालिकामा १७ जना ,छिपहरमाई गाँउपालिकामा १४ जना , सखुवा प्रसौनी गाँउपालिकामा १३ जना ,धोबिनी गाँउपालिकामा ९ जना र पर्सागढी नगरपालिकामा ५ जना कुष्ठ रोगका बिरामी रहेको उनले बताइन् ।

जिल्लामा फेला परेका सबै बिरामी उपचाररत रहेको जानकारी पनि तिवारीले दिइन् । हरेक पालिकाको स्वास्थ्य संस्थाबाट ती बिरामीले स्वास्थ्य उपचार निशुल्क पाइरहेको पनि उनले बताइन् ।

तिवारीका अनुसार , देशभरका सातै प्रदेश मध्ये सबै भन्दा बढि मधेस प्रदेशममा ७४३ जना र सबै भन्दा कम कर्णली प्रदेशमा ६७ जना कुष्ठरोगका बिरामी रहेका छन्। यस्तै देशभरमा भने कुष्ठरोगका कुल बिरामीको संख्या २ हजार १७३ जना रहेको जानकारी पनि उनले दिइन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ माघ ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद