Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चिकित्सक संघको चुनाव : उपाध्यक्षमा वीरगञ्जका वरिष्ठ चिकित्सक डा. निरज सिंहको उम्मेदवारी  

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १६,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,१६ पुष । नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा वीरगञ्जका वरिष्ठ फिजिसियन डा. निरज सिंहले केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

वीरगञ्ज कार्यक्षेत्र बनाएर चिकित्सा क्षेत्रमा २ दशकदेखि कार्यरत डा.सिंहले चिकित्सकहरुको हकहितका लागि केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष र मधेस प्रदेश संयोजकका लागि उम्मेदवारी दिएका हुन् ।

निवर्तमान सहसचिव समेत रहेका सिंहले कोभिड महामारिका बेला गरेको उत्कृष्ट कार्यले उनी देशभित्र मात्रै नभई विश्वभर चर्चित बनेका थिए ।

वीरगञ्जको नारायणी अस्पतालमा कार्यरत सिंहलाई कोभिड १९ को महामारीमा अग्रपंक्तिमा खटिएर निभाएको भूमिकाको प्रशंसा गर्दै नेपाल सरकारले प्रबल जनसेवा श्री चतुर्थ श्रेणीबाट विभुषित समेत गरेको छ ।

स्वास्थ्य क्षेत्रमा निरन्तर सक्रिय रहेर सामाजिक उत्तरदायीत्व बहन गर्ने एवं कर्तव्यनिष्ठ रहेका सिंहलाई राष्ट्रपति विद्या देवी भण्डारीले पदकबाट सम्मानित गर्नु भएको थियो ।

लोकतान्त्रिक समूहबाट उपाध्यक्षको उम्मेदवार दिएका सिंहले चिकित्सकको हकहित र चिकित्सा क्षेत्रको विकासका लागि आफू सँधै प्रतिबद्ध रहेको र त्यसैलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिएको बताए ।

सिंहले काठमाण्डौ विश्वविद्यालयबाट एमडी र अमेरिकन डायविटिज एशोसिएसनबाट डायविटिजमा पोष्ट ग्राजुएट गरेका छन् ।

सिंहको टिमले शुक्रबार मात्रै १७ बुँदे प्रमुख अजेन्डासहित आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिवद्धता पत्रमा तलबवृद्धि सहित आर्थिक उन्नतीका लागि थप दबाब सृजना गर्ने, नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त सम्पूर्ण चिकित्सकहरुको सबै प्रकारका बीमा सरकारले नै गरिदिने व्यवस्था ल्याउन पहल गर्ने, चिकित्सक तथा उनीहरुको परिवारका लागि छुट्टै अस्पताल निर्माण गर्नुपर्ने, वैज्ञानिक ड्यूटी समय निर्धारण र अनिवार्य फोर्स लिभको व्यवस्थाका लागि पहल गर्ने विषय उल्लेख छ ।

यस्तै, चिकित्सक सेवा आयोगको स्थापना र चिकित्सक ऐनका लागि पहल गर्ने, दरबन्दी थपका लागि दबाब दिने, स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी कानुन कार्यान्वयनमा जोड दिने, स्वास्थ्य सुरक्षा बल बनाउन पहल गर्ने, पिजीको सिट संख्या बढाउन पहल गर्ने र पिजी अध्ययनका लागि एक वर्षको अनुभव अनिवार्य रहेको व्यवस्था हटाउन पैरवी गर्ने लगायतका विषय उल्लेख छ ।

यसैगरी, संघीय संरचना अनुसार सात वटै प्रदेशमा संघको कार्यालय स्थापना गर्ने, संघको छुट्टै अनुसन्धान विभाग बनाउने, चिकित्सकहरुलाई सहुलियत ऋण उपलब्ध गराउन लगायतका विषय पनि अजेन्डामा राखिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष १६,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष १६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद