Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरको ३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा औषधीको कमी नहुने व्यवस्था मिलाउन मेयर सिंहको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,२७ मंसिर ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले हरेक वडामा रहेका स्वास्थ्य संस्थामा कुनै पनि औषधीको कमी नहुने गरी व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
महानगरको सामाजिक विकास महाशाखाले आयोजना गरेको जनप्रतिनिधि तथा कर्मचारीहरुका लागि अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।
३२ वटै वडामा रहेका स्वास्थ्य चौकीहरुमा स्वास्थ्यकर्मीहरु हर समय उपलब्ध हुनु पर्ने भन्दै त्यहाँ तोकिएका कुनै पनि औषधीको कमी नहुने व्यवस्था मिलाउन निर्देशन दिए ।
हरेक वडाका स्वास्थ्य चौकीमा आवश्यक औषधी तथा अस्पतालमा प्रयोग हुने सामग्री पठाउँदा अबदेखि सम्बन्धित वडाका वडाध्यक्षहरुसँग जानकारी दिएर मात्रै पठाउन उनले स्वास्थ्य शाखालाई निर्देशन दिए ।
‘वडाध्यक्षहरुलाई जानकारी नदिई स्वास्थ्य चौकीमा पठाउँदा कर्मचारीले औषधी तथा सामाग्री दुरुपयोग गर्ने गरेको सूचना आयो,’ उनले भने, ‘त्यसलाई नियन्त्रण गर्न अबदेखि सम्बन्धित वडाध्यक्षहरुलाई जानकारी दिएर मात्रै आवश्यक औषधी तथा सामग्री पठाउने व्यवस्था मिलाइने छ ।’
स्वास्थ्य महाशाखाका प्रमुख रितेस जयसवालले नेपाल सरकारले विभिन्न ९८ प्रकारका औषधि निशुल्क उपलब्ध गराउन भनेको भन्दै त्यसका लागि ४० लाख उपलब्ध गराएको बताए ।
४० लाखको औषधिले महानगरका नागरिकलाई वर्षभर तोकिएका ९८ प्रकारका औषधीले नपुग्ने भएकाले थप रकम माग्न आवश्यक रहेको बताए ।
उनले केन्द्र सरकारसँग बजेट माग्दा प्रदेशमा देखाउने गरेको र प्रदेशले आफूहरुसँग कुनै औषधि खरिदको कुनै पनि योजना नरहेको भन्दै पन्छिने गरेको जयसवालले सुनाए ।
जवाफमा मेयर सिंहले सरोकारवालाहरुसँग एक पटक बैठक बसेर आवश्यक पहल गर्न भन्दै केन्द्रले नदिए महानगर आफैले आफ्ना नागरिकको स्वास्थ्यको जिम्मेवारी बहन गर्ने बताए ।
कार्यक्रममा सहभागि वडा नम्वर २० का वडाध्यक्ष रामकिशोर सिंह ‘पराग’ले आफ्नो वडामा रहेको स्वास्थ्य संस्थामा कहिले औषधी नभएको त कहिले स्वास्थ्यकर्मी नै नेभेटिने गरेको भन्दै अबदेखि जनप्रतिनिधिलाई सहभागि गराएर मात्रै आवश्यक व्यवस्था मिलाउन आग्रह गरे ।
कार्यक्रममा ३२ वटै वडाका वडाध्यक्ष, सचिव तथा अन्य जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ मंसिर २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद