Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सानो पाइला द्वारा भरपेट भोजनालय को बार्षिकउत्सव समारोह भव्य एवं सभ्य रुपले मनाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह १८ भाद्र बिरगंज । सानो पाइला द्वारा संचालित भरपेट भोजनालय को आज एक समारोह बिच बार्षिकउतस्व समारोह कार्यक्रम भव्य एवं सभ्य रुपले मनाएको छ । बिरगंज को मुर्ली १२ मा सन्चालित भरपेट भोजनालय मा रु ५० रुपैयामा भरपेट भोजन उपलब्ध गराउने कार्य को सुभारम्भ गत २०७८ श्रावन ३१ गते भएको थियो जस्को समुदघाटन कार्यक्रम र आज को कार्यक्रम को प्रमुख अतिथी नेपाली काङ्ग्रेस का नेता एवं संविधान सभा सदस्य अनिल रुङ्टा ले गर्नु भएको थियो ।
आजको बार्षिकउत्सव समारोह को अध्यक्षता रिक्साचालक एवं भरपेट भोजनालय का नियमित सेवाग्राही अक्षय लाल महतो ले गर्नु भएओ थियो भने प्रमुख अतिथी नेपाली काङ्ग्रेस क नेता एवं संविधान सभा सदस्य अनिल रुङ्टा , बिशिस्ट अतिथिहरु बिरगंज का उपमेयर,इम्तियाज आलम, स प्र उ निर्मल बुढाथोकि, बिरगंज उधोग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष अनिल कुमार अग्रवाल , नेपाली काङ्ग्रेस का युवा नेता एवं सानो पाइला का संस्थापक कन्चन झा , अतिथिहरु सामाजिक अभियन्ता प्रकाश थारु, बिरगंज उधोग बाणिज्य संघ का उपाध्यक्ष माधव राजपाल,नेपाली काङ्ग्रेस का नेता प्रकाश उपाध्याय,लोसपा का नेता सामाजिक अभियन्ता ओम प्रकाश सराफ,क्वेष्ट फर्मा का अनिल जैसवाल, नेपाली काङ्ग्रेस का युवा नेता एवं जिरा भवानी गाउपालिका का कार्यपालिका सदस्य सामाजिक अभियन्ता सरोज चौरसिया,बिर्ता वडा प्रहरी कार्यालय का प्रमुख प्र नि विशाल मल्ल,श्रीपुर वडा प्रहरी प्रमुख प्र नि डिल्ली राज पौडेल, बिरगंज महानगरपालिका का कार्यपालिका सदस्य कनिका कौशिक, भोजपुरी समाज बिरगंज का रितु राज पटेल , नेपाली काङ्ग्रेस का नेताहरु रम्भा मिश्रा-हुकुम सिंह राजपुत-किरण सरकार- मिन्टु देवि सिंह ,सन्चारकर्मिहरु प्रणय साह, सुरेश बिडारी,लालबाबु सिंह ,सन्जय दास थारु लगायत विभिन्न संघसंस्था हरुका पदाधिकारी सदस्यहरु , सानो पाइला संस्था का पदाधिकारी सदस्यहरु,भरपेट भोजनालय का सम्पुर्ण परिवार को साथै स्थानियहरु एवं सेवाग्राही हरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रम का प्रमुख अतिथी अनिल रुङ्टा ले सानो पाइलाले भरपेट भोजनालय सन्चालन गर्दा यस्को समुदघाटन मेरै हातले गरेको र आज बार्षिकउत्सव कार्यक्रम मा एक पल्ट फेरि आउन पाउँदा आफू लाई निकै खुशी लागेको साथै आफू निकै गौरवान्वित भएको बताउदै यस्तो सामाजिक सरोकार को कार्यक्रम ल्याइ जनता को सेवा सहयोग गरेकोमा सानो पाइला का संस्थापक एवं युवा नेता कन्चन झा एवं सम्पुर्ण टिम को खुलेर प्रसंशा गर्दै मुरि मुरि धन्यवाद बधाई एवं शुभकामना व्यक्त गरेका छन । सरकार को काम के ? जनप्रतिनिधि हरुको काम के ? संघसंस्था हरुको काम के ? भन्दा जनता को सेवा नै हो तसर्थ जनता लाई प्रत्यक्ष फाइदा पुग्ने यस्ता जनमुखी सेवामुखी कार्यहरु गर्न हामी सबैको दायित्व हो र यसलाइ कार्यान्वयन गर्नु आज को तिनै तह को सरकार को काम कर्तव्य एवं दायित्व हो र यस्लाइ अबिलम्ब विभिन्न यस्तै माध्यमले गर्दै दिन दुखी अमजोर बिपन्न कमजोर आर्थिक अवश्था का जनता को सेवा सहयोग गरेर सानो पाइला संस्था ले हामी र हाम्रो बिरगंज को नाम लोकप्रिय बनाएकोमा एक पटक पटक धन्यवाद दिदै आउ हामी सबै यस्तो पुण्य एवं प्रेरणादायी काम मा उहाहरुलाइ आफुले सके जति सहयोग गरौ भनी आग्रह गर्दै आफू जहिले पनि उहाहरु साथ मा रहनेछु भनी प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।
सो अवसरमा बिरगंज का उपमेयर इम्तियाज आलम ले भरपेट भोजनालयले बिरगंजमा मात्र ५० रुपैयामा भरपेट भोजन उपलब्ध गराइ दिन असहाय गरिब बिपन्नबर्ग लाई सेवा सहयोग गरेकोमा आफुलाइ निकै खुशी लागेको र यस्तो कार्य अझ बताउदै लैजानु पर्ने मा जोड दिदै बिरगंज महानगर तपाइहरुको साथ मा सदैव रहनेछ जहाँ आवश्यक हुन्छ आउनुहोस हामी हातेमालो गरि मानवता लाई मजबुत बनाऔ भनी आग्रह एवं प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सो अवसरमा बिरगंज उधोग बाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष अग्रवालले मानवसेवा को यस्तो नेक एवं प्रेरणादायी काम असाध्यै नै प्रसंसनिय कार्य हो र यस्लाइ जति तारिफ गरे कम हुने भएकोले सानो पाइला को यस्तो कार्य मा हामी उधोगी ब्यवसायी सम्पुर्ण ले सहयोग गर्ने साथ दिने आग्रह एवं प्रतिबद्धता पनि ब्यक्त गर्नु भयो ।
सो बार्षिक उत्सव समारोह मा स्वागतमन्तब्य सानो पाइला का संस्थापक कन्चन झा ले गर्नु भएको थियो भने सहजिकरन बिवेक कर्ण ले गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र १८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद