Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा जिल्लामा जनता आवासको घर समयमै नबन्दा दलित परिवारहरु विच्चलीमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र १२,आईतवार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा जिल्लामा जनता आवासको घर समयमै नबन्दा दलित परिवारहरु विच्चलीमा परेका छन् । जनता अवास कार्यक्रमले दलित परिवारलाई खुशि हुर्ने सपना देखाएता पनि हाल दलितपरिवारमा आप्ठयारो जिवन विताइ रहेका छन् । पर्सा जिल्लाको ग्रामीण भेग्मा रहेको कालिकामाई गाउँपालिका वडा नं.४ मा अधुरो घर निर्माणको कारण अधुरो घर निर्माणको कारण बतुला मिया घरको पिडीमा शुतने गरेकी बताइन ।

प्रदेश २ भौतिक पूर्वाधार मन्त्रालय अन्र्तगत सञ्चालित ‘जनता आवास कार्यक्रम’ अन्र्तगत उक्त टोलमा ५८ वटा घर बनिरहेको छ । घर बनाउनका लागि लाभग्राहीकै सहभागीतामा गठित निर्माण समितिलाई आर्थिक स्रोत उपलब्ध गराइन्छ । समितिलाई तीन किस्तामा भुक्तानी दिने व्यवस्था प्रदेश सरकारले बनाएको जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ मा छ ।
घरको लागत ३ लाख ५० हजार अनुमान गरिएको छ । निर्माण समितिले पाउने ३ लाख ३६ हजार जति हुन आउँछ । कन्टीन्जेन्सी ४ प्रतिशत छ । लाभग्राहीले १० प्रतिशत श्रमदान पनि गर्नुपर्ने हुन्छ । जग खन्ने वित्तिकै शहरी विकास तथा भवन कार्यालयबाट पहिलो किस्ता ३५ प्रतिशत अर्थात १ लाख १७ हजार ६ सय रुपैयाँ उपलब्ध गराईन्छ ।

झ्यालको तहसम्म पुगेपछि दोस्रो किस्ता ५० प्रतिशत अर्थात १ लाख ६८ हजार भुक्तानी गरिन्छ । अन्तिम किस्ता ५० हाराहारीमा हुन्छ । दोस्रो किस्ता लिईसकेपछि समितिले घर बनाएर दिईसकेपछि मात्रै पाउँछ ।
जनता आवास कार्यक्रम मार्फत पक्की घर बनाउने आश्वासन पाएपछि पुरानो घर भत्काईयो । अहिले जनता आवासको घर समयमै नबन्दा आफु घरको आसोरा(पिडी) तथा पुशु चौपाया सँग सुतनु परेको ७१ वर्षीका वकिल मिया बताउँछन् । छोराको बुहारी घर भित्र सुतने गर्छ भने आफु घर बाहिर पिडीमा सुतने गरेको छु । घर न बन्दा असार देखी सवन महिनाको वषामा रात भरी जागेर विताएको बताए ।

यस्तै मोरीम खातुनले भने पक्की घर बन्ने आशमा पुरानो बाँसको टाँटी र खरको छानो भएको दुई कोठे घर भत्काए । वर्षायाम शुरु भई खतम भैइसक्दा समेत जनता आवासको घर बनेको छैन । भने निर्माणको क्रममा कामै नलाग्ने ईट्टाको प्रयोग गरिएको छ र बालुवाको मात्रा बढि हाल्ने गरेको तथा छडको प्रयोग नगर्ने गरेको पाइएको हो ।

ईटा उद्योगमा कामै नलाग्ने गरि छानिएका इँटाहरु ल्याएर ति घरमा प्रयोग गर्ने गरिएको छ भने एउटा छड लगाएर निर्माण कार्य हुँदैछ, त्यसमा पनि सिमेन्ट र बालुवाको मात्रा कम हालिएको कारण पर्खालहरु गुणस्तरहीन काम भइरहेको स्थानीयहरुको भनाइछ ।

यस कार्यक्रम अन्तर्गत पर्साको कालिकामाई गाउपालिका वडा नंं.४ कटी बलुवामा निर्माण भइरहेको ५८ वटा घरहरुको अधुरै काम गरी १ करोड ५० लाख रकम निकाशा गरी हिनामिना गरेको तथ्य फेला परेको छ । जनता आवास कार्यक्रम अन्तरगत ५८ वटा घर बनाउने भन्दै सातोमाई उपभोक्ता समिती र सनेश बाबा उपभोक्ता समिती खडा गरी स्थानिय ठेकेदार असलम आलम र शहरी बिकास कार्यालय , वीरगंजका प्रमुख रुद्र नारायण दासको मिलोमतोमा उक्त रकम झिकिएको उपभोक्ता समितीका सदस्यहरुले बताएका छन ।
५८ वटा घरहरुमध्ये १३ वटा घरको जग मात्र खनेर रकम झिकिएको स्थानियले बताएका छन । नामको मात्र उपभोक्ता समिती खडा गरी स्थानिय ठेकेदार असलम आलम र जितेन्द्र कलवारले स्थानिय सोझा–साझा गरीबहरुलाई झुक्याई उनीहरुको नाममा उपभोक्ता समिती खडा गरी बन्दै गरेको अधुरो घरलाई कागजमा काम पुरा भएको देखाएर उक्त रकम झिकिएको स्वयम उपभोक्ता समितीका सदस्यहरुले बताएका छन ।
स्थानिय ठेकेदार असलम आलमले उपभोक्ता समितीको नाममा जारी भएको चेक जफत गरी कार्यालय प्रमुख रुद्र नारायण दासको मिलोमतोमा सबै रकम झिकिएको बुझिएको छ ।
जनता आवास कार्यक्रम अन्तर्गत पर्सामा निर्माण भइरहेको घरहरुमा व्यापक भ्रष्टाचारी भएको पाइएको छ । यसबारे शहरी विकास तथा भवन कार्यालय पर्साका प्रमुख इन्जिनियर रुद्रनारायण दाससँग सम्पर्क गर्न खोजदा मोबाइल नं ९८४२८२२२४२ मा भेटन अफिस बोलाई आफै बहिर फिलडमा निसकेको भनै पछि पटक पटक सम्पर्क गर्न खोजदा मोइबाइ फोन नउठाइदिने तथा फोन काटी दिने गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र १२,आईतवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद