पर्साको एक स्वास्थ्य चौकीको अवस्था हरिविजोग रहेको छ । बीरगञ्ज महानगरपालिका वडा नम्बर १८ भवानीपुरको स्वास्थ्य चौकी हालको अवस्था हरिविजोग रहेको छ।वर्षा ताथ हवाहुरी शुरु हुने वितिकै आकाशको पानी र सडकका धुल्लो कार्यालय भित्र छिर्ने गरेको छ। सुविधा सम्पन्न भएको उक्त भवन अहिले भवनको छातको टायल भत्किएको तथा सो ठाउँमा राखिएको सोलार पनि टुक्राटुक्रा भएको अवस्थामा रहेको पाइन्छ । स्वास्थ्य कार्यालय चौकीका इन्चार्ज रामजीनिङ्ग चौरसियाले भवन मर्मतका लागि सम्पूर्ण प्रक्रिया पुराएको भए पनि हालसम्म कुनै सुनुवाइ नभएको बताए ।

उनले भने वर्षाको समयमा पानी आउदा तथा धुल्लो बाहिर नगइ भवन भित्र पस्ने गरेकोले सेवा लिन आउने र कार्यालयका कर्मचारीहरुलाई समेत समस्या हुने गरेको इन्चार्ज चौरसियाले बताए । वडा अध्यक्ष जस्तो जिम्मेवार ब्यक्तिले अहिलेसम्म किन पहल नगरेको हो स्थानीय बासिन्दा मजिद देवान बताउँछन् ।अहिले कम खर्चमा स्वास्थय कार्यालय मर्मत हुने भए पनि बेलैमा चासो लिने भए वडा अध्यक्षले गर्न सक्छिन् । आज समान्य खर्च लागने भएता पनि नहुने र भोलि लाखौं खर्च हुन सक्छ अनि कसरी बन्ने होला विषय माथी चार्चा स्थानीय विनेश पटेलले प्रश्न गरे ।

उनले भने हाम्रो स्वास्थ्य चौकी यति ठूलो भवन सायद अरु वडामा मा समेत नहोला यो ७ कठ्ठा जग्गा भित्र निर्माण भएको भवन वडा कार्यालय अगाडी रहेको हरिविजोग छ भनेर तर्क गरे। वर्षाले कार्यालय भित्रको फर्निचर पनि नास हुन सक्ने र बाहिरको पानी भित्र पसेपछि भुइतल्लामा समेत आउने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन् । भवनको मर्मत गर्न कागज बीरगंज महानगरपालिका भित्र प्रवेश पाइसकेको भए पनि अहिलेसम्म यसको कुनै पहल वडा स्तरकाट नभएको बताइएको छ। सरकारी सम्पत्ति संरक्षण गर्ने जिम्मेवारी वडा अध्यक्षलाई भए पनि वडा अध्यक्ष यसबारेमा बेखबर छ। भोलि यो भवनको संरचना विनाश भएको खण्डमा स्थानीय बासिन्दाहरु स्वास्थ्य उपचार बाट बन्चित हुन सक्ने सम्भावना बढन सक्ने भएकोले बेलामा समन्धित निकायले चासो लिन जरुरी रहेको छ।
© 2024



