Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महानगरपालिकाले सम्पत्ति करको दर घटायो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २२,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, २२ असार । मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाले अगामी आर्थिक वर्ष २०७९÷८० ९साउन १ गते० देखि लागू हुने गरी सम्पत्ति करको दर घटाएको छ ।

हाल कायम भएको सम्पत्ति करको रकम धैरे भएको भनी चौतर्फी रुपमा गुनासो आएपछि महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को आर्थिक विधेयक २०७९ मा सम्पत्ति करको दर घटाएको हो ।

यसअघि वीरगञ्जका उद्योग, व्यवसायीहरूले उद्योगसँग सम्पत्ति कर नलिन महानगरसँग आग्रह गरेका थिए । उद्योगीहरूको सुझावअनुसारै अगामी आर्थिक वर्षदेखि लागू हुने गरी महानगरले सम्पत्ति करको दरमा ०।०१ देखि ०।५ प्रतिशतले घटाएको हो ।

महानगरले हाल रु १० लाखसम्मको सम्पत्ति मूल्याङ्कनमा हुनेको हकमा वार्षिक एकमुस्ट रु २०० लिँदै आएकामा यसलाई घटाएर रु २० लाखसम्म मूल्याङ्कन हुनेको हकमा एकमुस्ट रु २०० निर्धारण गरेको हो ।

त्यस्तै सम्पत्ति करको मूल्याङ्कन दररेटमा रु १० लाखदेखि रु २० लाखसम्मको मूल्याङ्कनमा रु ५००, रु २० लाखदेखि ५० लाखसम्म मूल्याङ्कनमा ०।०५ प्रतिशतलाई घटाएर ०।०४ प्रतिशत निर्धारण गरेको छ । त्यसैगरी रु ५० लाखदेखि रु एक करोडसम्मको सम्पत्ति हुनेको हकमा विगतको मूल्याङ्कन दर घटाएर ०।०९ कायम गरिएको महानगरको राजश्व शाखाले जनाएको छ ।

रु एक करोडदेखि दुई करोडसम्मको मूल्याङ्कनको हकमा ०।२५ प्रतिशतलाई घटाएर ०।२३ प्रतिशत कायम गरिएको छ । रु दुई करोडदेखि पाँच करोडसम्म मूल्याङ्कनको हकमा ०।५० प्रतिशतलाई घटाएर ०।४५ प्रतिशत र महानगरले अधिकतम रु पाँच करोडमाथिको सम्पत्ति मूल्याङ्कनको हकमा नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी ०।७० प्रतिशत करको दर निर्धारण गरेको छ । यो दर हाल ०।७५ रहेको छ । महानगरले ल्याएको आर्थिक विधेयकका आधारमा सम्पत्ति करको प्राविधिक मूल्याङ्कन वडाले गर्ने र कर भने महानगरको राजश्व शाखामा बुझाउनुपर्ने व्यवस्था छ ।

सामान्यतः सम्पत्ति कर घरजग्गा बैंकमा धरौटी राखेर आर्थिक कारोबार गर्नुपर्ने अथवा छोराछोरी विदेश अध्ययन, अनुसन्धानका लागि पठाउनुपर्ने अवस्थामा मूल्याङ्कन गरेर राजश्व बुझाउने प्रचलन छ । साथै महानगरले सम्पत्ति कर मूल्याङ्कनमा ०।०२ प्रतिशत सेवा शुल्क लाग्ने, कुनै घर जग्गाधनीले सम्पत्ति लुकाएपछि तिर्न आएमा उक्त सम्पत्तिको मूल्याङ्कनमा ०।१० प्रतिशतका दरले जरिवाना लाग्ने उल्लेख गरिएको छ ।

चालु आवको पुस मसान्तसम्म बुझाउँदा चालु आर्थिक वर्षको कर रकममा १० प्रतिशत छुट, माघदेखि चैत मसान्तसम्म बुझाएमा चालु आवको कर रकममा पाँच प्रतिशत छुट दिइने आर्थिक विधेयकमा उल्लेख गरिएको छ ।

कालिकामाई गाउँपालिकाकाको बजेट असार २४ गते

पर्साको कालिकामाई गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्ताव गर्न आठौँ गाउँसभा यही असार २४ गतेका लागि बोलाइएको छ । गाउँपालिकद्वारा जारी सूचना आठौँ गाउँसभाको अधिवेशन असार २४ गते दिउँसो २ बजेदेखि सुरु हुने जनाइएको हो । असार १० गतेभित्र नै गाउँसभा हुनुपर्ने भए पनि जनप्रतिनिधिहरुबीच योजना बाँडफाँटमा कुरा नमिलेपछि परिषद् असार २४ गतेलाई सारिएको थियो ।

गाउँपालिका अध्यक्षको आदेशानुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९१९० बमोजिम गाउँपालिकाको आठौँ गाउँसभाको अधिवेशनमा गाउँसभाका सम्पूर्ण सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको प्रमुख प्रशासकीय अधिकृत अमितकुमार गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

सूर्य नेपाल मधेस प्रदेशको उत्कृष्ट प्रतिष्ठानबाट सम्मानित

बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रहेको सूर्य नेपाल प्रालि मधेस प्रदेशको उत्कृष्ट प्रतिष्ठानबाट सम्मानित भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत श्रम तथा व्यवस्थापन सुरक्षा विभागले मधेस प्रदेशको उत्कृष्ट प्रतिष्ठान सम्मानबाट सूर्य नेपाललाई सम्मानित गरेको हो ।

सो सर्भेक्षणमा सूर्य नेपाल उत्कृष्ट घोषित भएपछि पुरस्कृत गरिएको हो । विभागले गरेको सर्भेक्षणमा मधेस प्रदेशका प्रतिष्ठानमध्ये सूर्य नेपाल व्यवस्थापनजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट व्यवस्थापन तथा अभ्यास गर्ने प्रतिष्ठानका रूपमा स्थापित हँुदै आएको देखिन्छ । विभागले मधेस प्रदेशका सबै प्रतिष्ठानको व्यवस्थापनजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी सर्भेक्षण गरेको थियो । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार २२,बुधबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद