Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चुरे क्षेत्रका बस्तीमा गाडी चल्न छाडेपछि बिरामी ओसार्न झोलुङ्गोकै भर

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
तस्विर गोरखापत्र अनलाइन

तस्विर गोरखापत्र अनलाइन

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, असार १२ गते । भौगोलिक हिसाबले विकट रहेका सर्लाहीको चुरे क्षेत्रका बस्तीमा गाडी चल्न छाडेपछि बिरामी बोक्नका लागि झोलुङ्गोको प्रयोग गर्न थालिएको छ । बाढी आएर खोलाको बाटोमा गाडी नचल्दा यहाँका स्थानीय बिरामी पर्दा अस्पतालसम्म आउनका लागि झोलुङ्गोको भर पर्न बाध्य भएका हुन् । जिल्लाको ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाको चुरे भेगका बस्तीमा यस्तो समस्या छ ।

ईश्वरपुर नगरपालिका–१२, पीपल दमारका बालिमराज वाइवाले गाउँमा कोही बिरामी परे १०(१२ जना मिलेर झोलुङ्गोमा तीन घण्टाभन्दा बढी समय पालैपालो बोकेर घारिबथानसम्म ल्याउनुपर्ने बाध्यता रहेको बताउनुभयो । “हिउँदमा खोलाबाट गाडी चल्दा केही सहज हुन्छ तर बर्खा लागेपछि जहिल्यै यस्तै समस्या हो,” गाउँका अगुवा वाइवाले भन्नुभयो, “बिरामी पर्दा उपचार गर्न लालबन्दी बजार जान गाडी चढ्न घारिबथानमा पुगेर तीन घण्टा हिँड्नुपर्छ ।”

ईश्वरपुर नगरपालिकाको साबिक कालिन्जोर गाविसमा पर्ने पिपदमारसहित लामिदमार, फूलजोर शिर, छोड्के, गुइडुङलगायतका बस्तीमा यस्तो अवस्था रहेको वाइवाले बताउनुभयो । त्यस भेगका बासिन्दा हिउँद, बर्खा बाह्रैमास खोलाको बगरबाट आवतजावत गर्छन् । लालबन्दी नगरपालिका–१४ नारायण खोला र वडा नम्बर १५ को माथिल्लो भेगमा पनि बर्खायाममा कोही बिरामी पर्दा अस्पतालसम्म ल्याउन समस्या हुने गरेको छ । लालबन्दी–१४, नारायण खोलाका वडाध्यक्ष छेनाम सिंह घिसिङले बर्खायाममा नारायण खोलावासीको दैनिक अत्यन्तै कष्टकर बन्ने गरेको बताउनुभएको छ ।

वडाध्यक्ष घिसिङका अनुसार नारायण खोलाका स्थानीय हिजोआज बाढीमा हेलिएर लालबन्दी बजारसम्म ओहोरदोहोर गरिरहेका छन् । त्यहाँ जोखिमपूर्ण हिसाबले ट्याक्टरमा खाद्यान्न ढुवानी भइरहेको छ । कतिपय बासिन्दा ट्याक्टर चढेरै बजार आउने गर्छन् । बजारबाट फर्किंदा खोलामा बाढी आएर घण्टौँसम्म बीच बाटोमा नै रोकिएर बस्नुपर्ने अवस्थासमेत आउने गरेको स्थानीय बताउँछन् ।

यस वर्ष असार लाग्नासाथ खोलामा लगातार जसो बाढी आउँदा आउजाउ गर्न मुस्किल परेको वडाध्यक्ष सिंहको भनाइ छ । नारायण खोलाजस्तै लालबन्दी–१ को शिर कालिन्जोर, कोरे खोप, भित्रीखोला, बाहुनी डाँडालगायतका बस्ती पनि अति दुर्गम रहेका सो वडाका वडाध्यक्ष गोरखबहादुर बलले बताउनुभयो ।

हिउँदमा खोलैखोला गाडी गए पनि अहिले बर्खामा भने सम्भव नरहेको उहाँले जानकारी दिनुभयो । यस्तै हरिवन नगरपालिका–१ मा पर्ने बेलडाँडा, वनमारा, सखुवनी तथा बागमती नगरपालिका–१ स्थित डुमाजोर शिरका बासिन्दाले पनि बर्खायाममा यस्तो समस्या झेल्दै आएका छन् ।सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०७९ असार १२,आईतवार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद