Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

६४औँ इन्जिनियर्स डेका अवसरमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ श्रावण ३,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — ६४औँ इन्जिनियर्स डेका अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसन ९एनईए० वीरगञ्ज केन्द्रले नेशनल मेडिकल कलेज, वीरगञ्जको प्राविधिक सहयोगमा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम पर्साको वीरगञ्ज–१४ स्थित बीआईटी इन्जिनियरिङ कलेजमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता नेपाल इन्जिनियर्स एसोसिएसन वीरगञ्ज केन्द्रका अध्यक्ष इन्जिनियर प्रियांशु कुमार गुप्ताले गरेका थिए। एसोसिएसनका कोषाध्यक्ष इन्जिनियर इकबाल हुसेनको समन्वयमा आयोजित कार्यक्रममा इन्जिनियरिङका विद्यार्थी, प्राध्यापक, पेसाकर्मी तथा एसोसिएसनका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

नेशनल मेडिकल कलेजका क्लिनिकल साइकोलोजिस्ट सन्देश सावन्तले मानसिक स्वास्थ्यको महत्त्व, तनाव व्यवस्थापन, भावनात्मक सन्तुलन, कार्य–जीवन सन्तुलन, मानसिक लचकता तथा आवश्यकता पर्दा समयमै मनोवैज्ञानिक परामर्श लिनुपर्ने विषयमा प्रस्तुति दिएका थिए। प्रस्तुतीपछि सहभागीहरूसँग अन्तरक्रियात्मक छलफलसमेत गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए। उनीहरूले व्यक्तिगत तथा व्यावसायिक जीवनमा मानसिक स्वास्थ्यको महत्त्वबारे उपयोगी जानकारी प्राप्त गरेको आयोजकले जनाएको छ।

नेशनल मेडिकल कलेजले यस्ता स्वास्थ्य प्रवर्द्धन तथा समुदायमुखी कार्यक्रममार्फत मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभिवृद्धि गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८३ श्रावण ३,आईतवार
वीरगन्ज कलेजका कक्षा ११ का विद्यार्थीलाई प्रभावकारी वक्तृत्वकला तालिम
मुख्य समाचार

वीरगन्ज कलेजका कक्षा ११ का विद्यार्थीलाई प्रभावकारी वक्तृत्वकला तालिम

प्रकाशित : २०८३ श्रावण ३,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद