Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

इन्टर्नलाई पनि न्यूनतम पारिश्रमिक अनिवार्य दिन श्रम मन्त्रालयको निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २३,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले न्यूनतम पारिश्रमिक र कानुनवमोजिमका सेवा सुविधा नदिने रोजगारदाता तथा संस्थाहरूलाई कडा चेतावनी जारी गरेको छ। मन्त्रालयले सोमबार प्रकाशित प्रेस विज्ञप्तिमा विशेषगरी अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायतका प्रतिष्ठानहरूमा कानुनको उल्लङ्घन भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा इन्टर्न स्वास्थ्यकर्मी र नर्सिङ स्टाफ, निजी विद्यालयका शिक्षक–कर्मचारी तथा अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिहरूले तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक र सुविधाहरू नपाएको उजुरी बढेपछि मन्त्रालयले यस्तो कदम चालेको हो।

मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १८ को उपदफा ९३० सम्झाउँदै इन्टर्नको रूपमा काममा लगाइएका व्यक्तिहरूलाई पनि रोजगारदाताले अनिवार्य रूपमा सेवा सुविधा दिनुपर्ने स्पष्ट पारेको छ। कानुनअनुसार तालिमी वा इन्टर्न श्रमिकलाई पनि न्यूनतम पारिश्रमिक, बिरामी बिदा, उपदान, सञ्चयकोष, बीमा लगायत सामाजिक सुरक्षा सुविधा सुनिश्चित गर्नुपर्ने व्यवस्था रहेको मन्त्रालयले दोहोर्‍यायो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सम्पूर्ण रोजगारदातालाई श्रम ऐन तथा प्रचलित कानुनअनुसार न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षासम्बन्धी व्यवस्था पालना गर्न हार्दिक अनुरोध गरिएको छ। साथै कानुनको उल्लङ्घन गर्नेहरूलाई कारबाहीको दायरामा ल्याइने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “यदि न्यूनतम पारिश्रमिक लगायतका सुविधाबाट वञ्चित गराइएको पाइएमा प्रचलित कानुन लागू हुनेछ र स्वतःस्फूर्त पालना गर्न सम्बन्धित प्रतिष्ठान, संस्था तथा सरोकारवालालाई हार्दिक अपिल गरिन्छ।”

पछिल्लो समय विशेषगरी निजी क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा इन्टर्न वा तालिमीहरूलाई न्यून तलब वा विना तलबमा काम लगाउने प्रवृत्ति बढेको गुनासो आइरहेको सन्दर्भमा मन्त्रालयले यो कडा निर्देशन जारी गरेको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ चैत्र २३,सोमबार
मुख्य समाचार

नौतन टोलमा नाला निर्माणको गुणस्तरमाथि स्थानीयको प्रश्न

प्रकाशित : २०८२ चैत्र २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद