Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा श्रीमतीको खुट्टा काट्ने आरोपित पक्राउको माग, उपचार खर्च बेहोर्ने सांसद कानुको प्रतिबद्धता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ५,बिहीबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,- पर्सा–२ का नवनिर्वाचित रास्वपाका सांसद सुशील कुमार कानु ले घरेलु हिंसामा परी गम्भीर घाइते भएकी हरिकला देवी सहनीलाई भेटेर उपचार खर्च बेहोर्ने प्रतिबद्धता जनाएका छन्।

बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पताल मा उपचाररत सहनीलाई बिहीबार भेट्दै उनले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। सांसद कानुले पीडितमाथि जघन्य आक्रमण गर्ने उनका श्रीमान् विश्वनाथ सहनीलाई यथाशीघ्र पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग आग्रह गरेका छन्।

भेटका क्रममा उनले उपचारमा कुनै कमी हुन नदिने आश्वासन दिँदै खर्चसमेत आफैंले बेहोर्ने बताए। “आफ्नो तलबबाट वा अन्य माध्यमबाट भए पनि उपचारको सम्पूर्ण खर्चको जिम्मेवारी लिन्छु,” उनले भने।

घटनाका बेला आफू काठमाडौँमा पार्टीको अभिमुखीकरण कार्यक्रममा रहेको र जानकारी पाउनासाथ पार्टीका प्रतिनिधिलाई अस्पताल पठाएर अवस्थाबारे बुझ्न लगाएको उनले बताए। “कार्यक्रममै हुँदा पनि मैले निरन्तर पीडितको अवस्थाबारे जानकारी लिइरहेको थिएँ। आज फर्किनासाथ अस्पताल आएर भेटेको हुँ,” उनले भने।

सांसद कानुले पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक ९एसपी० सुदीपराज पाठकसँग पनि घटनाबारे जानकारी लिँदै आरोपितलाई छिटो नियन्त्रणमा लिन आग्रह गरेको बताए। “सामान्य घरायसी विवादका क्रममा हातखुट्टा बाँधेर श्रीमतीको खुट्टा काट्ने जस्तो अमानवीय अपराध गर्नेलाई हदैसम्मको कारबाही हुनुपर्छ,” उनले भने।

महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधार आवश्यक रहेको औँल्याउँदै उनले संसद् अधिवेशन सुरु भएपछि यो विषय सदनमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरे। “घरेलु हिंसा रोक्न समाजका सबै पक्ष सक्रिय हुनुपर्छ। पीडित महिलाका लागि राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नेछु,” उनले थपे।

के हो घटनारु
पर्साको पर्सागढी नगरपालिका–७ मा आइतबार बिहान करिब ७ बजे घरायसी विवादका क्रममा विश्वनाथ सहनीले आफ्नी श्रीमती हरिकला देवी सहनीमाथि क्रूर आक्रमण गरेका थिए। उनले सहनीको हातखुट्टा र मुख बाँधेर काठ काट्ने आरी प्रयोग गरी खुट्टा काटेका थिए।

गम्भीर अवस्थामा रहेकी सहनीलाई प्रहरी चौकी बढनियारबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको नेतृत्वमा पुगेको टोलीले उद्धार गरेको थियो। अत्यधिक रक्तस्राव भइरहेकी उनलाई प्रारम्भिक उपचारपछि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एलएस न्युरो अस्पताल सारिएको हो ।

घटनापछि फरार रहेका आरोपित विश्वनाथ सहनीको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पीडित सहनीको स्थायी घर बाराको परवानीपुर गाउँपालिका–५, नौतनमा रहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र ५,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र ५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद