Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगञ्जमा बीपीएस प्लस टू कलेजको ‘स्पोर्ट्स वीक’ सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २,सोमबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित बीपीएस प्लस टू (BPS +2) कलेजमा आयोजित ‘स्पोर्ट्स वीक २०८२’ कार्यक्रम उत्साहपूर्ण वातावरणका बीच सम्पन्न भएको छ। कलेज परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूको उल्लेखनीय सहभागितासहित विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो।
स्पोर्ट्स वीक अन्तर्गत भएका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको कलेजले जनाएको छ। प्रतियोगिताले विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउनुका साथै अनुशासन, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।
कार्यक्रमका अध्यक्ष कलेजका एकेडेमिक डाइरेक्टर दीपक पटेल थिए भने प्रमुख अतिथिका रूपमा पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्कीको उपस्थिति रहेको थियो। कार्यक्रममा एचआर डाइरेक्टर संदीप कुशवाहा, प्राचार्य प्रभात मेहता लगायतको सहभागिता थियो। कार्यक्रम सञ्चालन रवि यादवले गरेका थिए।
कार्यक्रममा शिक्षकहरू दीपेन्द्र कानु, शुभम खत्री, राजेश यादव, अविरल पटेल, आकाश पटेल, विशेष दुबे, अनिश महतो, रेश्मा पटेल लगायत अन्य शिक्षक–कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डीएसपी राजु कार्कीले विद्यार्थी जीवनलाई “गोल्डेन समय” भएको उल्लेख गर्दै यसको सदुपयोग गर्नुपर्ने बताए। उनले विद्यार्थीहरूलाई सोचविचार गरेर राम्रो काममा लाग्न, कुसंगत र खराब गतिविधिबाट टाढा रहन तथा अनुशासन र मेहनतका साथ भविष्य निर्माण गर्न आग्रह गरे।
स्पोर्ट्स वीक अन्तर्गत उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको थियो। उत्कृष्ट खेलाडी (छात्र) तर्फ कक्षा १२ का अनिश गुप्ता र उत्कृष्ट खेलाडी (छात्रा) तर्फ कक्षा ११ की उषा गुप्ता घोषित भए। उत्कृष्ट सेक्सन पुरस्कार कक्षा १२ ‘A’ लाई प्रदान गरिएको थियो।
कार्यक्रमका अध्यक्ष दीपक पटेलले विजेता विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल भविष्यको कामना गरे। कलेजले हरेक वर्ष यस्ता स्पोर्ट्स वीक तथा अन्य शैक्षिक र अतिरिक्त क्रियाकलापसम्बन्धी कार्यक्रम नियमित रूपमा आयोजना गर्दै आएको पनि उनले जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८२ चैत्र २,सोमबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८२ चैत्र २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद