Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साबाट २१३ केजी गाँजासहित ट्याक्टर नियन्त्रणमा, चालक फरार

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २६,मंगलवार
A A
file photo

file photo

1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्साको जगरनाथपुर गाउँपालिकाबाट प्रहरीले २१३ केजी गाँजासहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। ट्याक्टरका चालक तथा संलग्न तस्करहरू भने फरार भएका छन्।

सोमबार राति विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको नेतृत्वमा खटिएको टोलीले जगरनाथपुर गाउँपालिका–४ बाट मे १ त ५७१४ नम्बरको ट्याक्टरसहित ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।

प्रहरीका अनुसार पटेर्वा सुगौली गाउँपालिका–१ सोनवर्षाबाट गाँजा लोड गरेर भारततर्फ लैजाँदै गरेको ट्याक्टरलाई प्रहरी टोलीले सोनवर्षाबाटै पछ्याएको थियो। जगरनाथपुर गाउँपालिका–४ पुग्नेबित्तिकै चालक र तस्करहरू गाँजासहितको ट्याक्टर छाडेर फरार भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए।

ट्याक्टर धनी तथा संलग्न तस्करहरू सोनवर्षा गाउँका रहेको प्रारम्भिक जानकारी भए पनि उनीहरूको पहिचान खुलाइएको छैन। बरामद गाँजा र ट्याक्टर इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा राखिएको प्रहरीले जनाएको छ।

फरार रहेका चालक, ट्याक्टर धनी तथा तस्करहरूको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन २६,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद