सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ।
गत भदौ २३र२४ गते भएको जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट भागी फरार रहेका कैदीलाई सप्तरीको कञ्चनरूप नगरपालिकाबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा सप्तरीको कञ्चनरूप नगरपालिका–६ घोघनपुरका ४४ वर्षीय डोरला भन्ने समिउल्लाह मियाँ रहेका छन्। जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय पाएका मियाँ फरार रहँदै आएका थिए।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उनलाई कञ्चनरूप नगरपालिका–७ बलुवा टोलमा लुकीछिपी बसेको अवस्थामा आइतबार बेलुका पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए।
पक्राउ परेका मियाँलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार पुनः झुम्का कारागार, सुनसरी पठाइएको प्रहरीले जनाएको छ।



