Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पार्किङको विवादमा वीरगंजमा एकजनाको मृत्यु, एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २३,शुक्रबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज। मोटरसाइकल पार्किङ गर्ने विषयलाई लिएर उत्पन्न विवाद उग्र बन्दा वीरगंज महानगरपालिकामा एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार बिहान करिब ७ः३० बजे वीरगंज महानगरपालिका वडा नं. १३ राधेमाईस्थित कर्बोला अगाडि मोटरसाइकल पार्किङको विषयमा विवाद हुँदा वीरगंज महानगरपालिका वडा नं. १३ निवासी ६५ वर्षीय केपीचन्द्र राउत बरई गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार राउत र वीरगंज महानगरपालिका वडा नं. २३ प्रसौनी निवासी ३२ वर्षीय मुन्ना भन्ने अर्जुन यादवबीच सामान्य विवाद सुरु भई कुटपिटमा परिणत भएको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका राउतलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पताल लगिएकोमा बिहान ७ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि कुटपिटमा संलग्न अर्जुन यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार सामान्य देखिने पार्किङसम्बन्धी विवादले गम्भीर रूप लिँदा ज्यान जाने अवस्था सिर्जना भएको हो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद