Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा–४ मा रास्वपा उम्मेदवार अंसारीविरुद्ध सामाजिक सञ्जालमा युवाको प्रश्न र असन्तोष

by प्रणय साह
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
14
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

बारा । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बारा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका रहबर अंसारीप्रति सामाजिक सञ्जालमा युवाहरूले खुलेर प्रश्न उठाउन थालेका छन्। विशेषगरी उनको स्पष्ट एजेन्डा र दृष्टिकोणबारे जनस्तरमा असन्तोष देखिन थालेको हो।

अनलाइन वीरगञ्जमा प्रकाशित एक समाचारप्रति प्रतिक्रिया जनाउँदै युवा विशाल गुप्ताले सामाजिक सञ्जालमार्फत अंसारीलाई प्रत्यक्ष प्रश्न गरेका छन्। गुप्ताले लेखेका छन्, “तपाईंको एजेन्डा के हो रु अरू नेताहरूले गर्न नसकेको के काम तपाईंले आफ्नो क्षेत्रमा गर्न सक्नुहुन्छ जनताका लागि कस्ता अनुसन्धान र योजनाहरू ल्याउनुहुन्छ रु आफ्नो स्पष्ट एजेन्डा र दृष्टिकोण सार्वजनिक गर्नुहोस्, बालेन साहको नाममा भोट माग्ने काम नगर्नुहोस्।”

उनको टिप्पणीले बारा–४ का युवामाझ बढ्दो राजनीतिक सचेतना र उम्मेदवारबाट ठोस कार्यक्रमको अपेक्षा झल्काउँछ। सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाले केवल दल वा लोकप्रिय अनुहारको नाममा होइन, काम र योजनाको आधारमा मत हाल्नुपर्ने धारणा बलियो हुँदै गएको संकेत गर्छ।

यस्तै, अर्का एक युवाले सामाजिक सञ्जालमा लेखेका छन्, “बालेन साहको जित होस्, तर बालेन र घण्टीको नाममा कुनै चोर, दलाल, फटाहा र अवसरवादीको जित कदापि नहोस्—बारा क्षेत्र नम्बर ४ मा।” उक्त अभिव्यक्तिले वैकल्पिक राजनीतिप्रति समर्थन रहे पनि, उम्मेदवारको पृष्ठभूमि, चरित्र र कार्ययोजनाप्रति गम्भीर प्रश्न उठाएको देखिन्छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार बारा–४ मा यसपटकको निर्वाचनमा युवाको भूमिका निर्णायक देखिँदैछ। उनीहरू केवल दल परिवर्तनको नाराबाट सन्तुष्ट छैनन् दीर्घकालीन विकास, सुशासन, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता विषयमा ठोस प्रतिबद्धता खोजिरहेका छन्।

रास्वपाले आफूलाई परम्परागत राजनीतिबाट फरक शक्तिका रूपमा प्रस्तुत गर्दै आएको भए पनि स्थानीय उम्मेदवारहरूले त्यो फरकपन व्यवहार र योजनामार्फत पुष्टि गर्नुपर्ने चुनौती बढ्दै गएको छ। बारा–४ मा उठिरहेका यस्ता प्रश्नहरूले आगामी दिनमा उम्मेदवारहरूलाई अझ स्पष्ट, उत्तरदायी र कार्यक्रममुखी बन्न दबाब सिर्जना गर्ने देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ माघ १४,बुधबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद