Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विगतका जनप्रतिनिधिप्रति असन्तुष्टि, रास्वपा उम्मेदवार साहले गरे घरदैलो

by प्रणय साह
प्रकाशित : २०८२ माघ १३,मंगलवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

बारा, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई. अरविन्द साहले कलैया उपमहानगरपालिकाका विभिन्न वडाहरूमा घरदैलो अभियान सञ्चालन गरेका छन्।
मङ्गलबार बिहानबाट सुरु भएको घरदैलो अभियानअन्तर्गत साहले वडा नम्बर २१, २२ र २६ मा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए। उनले मतदाताहरूसँग भेट्दै परिवर्तनको पक्षमा मतदान गर्न र रास्वपालाई विजयी गराउन आग्रह गरे।
वडा नम्बर २१ अन्तर्गत मडील्वा पुगेका साहले यस क्षेत्रबाट विगतमा निर्वाचित जनप्रतिनिधिहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको दाबी गरे। उनले भने, “यसअघि निर्वाचित जनप्रतिनिधिहरूले जनताको समस्या समाधान गर्न सकेनन्। अब वास्तविक परिवर्तन चाहिएको छ भने घण्टी छापमा मतदान गरेर रास्वपालाई जिताउनु आवश्यक छ।” उनले परिवर्तनले वर्तमान र भावी पुस्ताको सुरक्षित भविष्य सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
त्यसपछि वडा नम्बर २२ को मटीरीयामा आयोजित छलफल कार्यक्रममा साहले स्थानीय मतदाता, विद्यार्थी र बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्दै शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारसम्बन्धी समस्याबारे जानकारी लिएका थिए। उनले ती समस्याको समाधानका लागि सम्भावित उपायहरूबारे पनि चर्चा गरे।
अभियानको क्रममा साह वडा नम्बर २६ अन्तर्गत सिस्वा र बकुलहर क्षेत्रमा समेत पुगे। त्यहाँ उनले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सुशासन र आम नागरिकको जीवनस्तर उकास्न प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। साथै, उनले विगतमा सत्तामा रहेका दलहरूले जनताको मतलाई केवल संसद् पुग्ने साधनका रूपमा प्रयोग गरेको आरोप लगाए।
“लामो समयदेखि निर्माण हुन नसकेको कलैयाको मानमत–मटीअर्वा सडक खण्ड नै विगतका दलहरूको कार्यशैलीको उदाहरण हो,” साहले भने।
साहले कलैया उपमहानगरपालिका तथा समग्र बारा जिल्लामा रहेका शैक्षिक संस्था, स्वास्थ्य सेवा र सडक सञ्जालको दयनीय अवस्थाप्रति ध्यानाकर्षण गराउँदै विगतका जनप्रतिनिधिहरूले उल्लेखनीय सुधार गर्न नसकेको आरोप लगाए। उनले रास्वपा नेतृत्वको सरकारले ती सबै समस्या समाधान गर्ने दाबी पनि गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १३,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद