Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

स्वास्थ्य बिमा कार्यक्रम त्रिवि शिक्षण अस्पतालद्वारा बन्द

by प्रणय साह
प्रकाशित : २०८२ पुष २८,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार सेवा बन्द गरेको छ । त्रिविले आगामी माघ १ गतेदेखि लागु हुने गरी स्वास्थ्य बिमा कार्यक्रममार्फत दिइँदै आइएको उपचार सेवा बन्द गरेको हो ।

वि।सं २०७७ देखि नियमित रूपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रममार्फत गरिने उपचार सेवा माघ १ गतेदेखि लागु हुने गरी बन्द गरिएको अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराले जानकारी दिनु भयो । उहाँले स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रममार्फत बिरामीको उपचार गरेबापतको भुक्तानी उपलब्ध नगराएपछि सेवा सञ्चालन गर्न नसकिएको बताउनु भयो ।

आन्तरिक स्रोतबाट अस्पतालले सबै किसिमका दैनिक खर्च बेहोर्नु पर्ने हुँदा मासिक रु दुई करोड नोक्सान हुने भएपछि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नसकिएको सूचना अधिकारी रोस्याराको भनाइ छ ।

“स्वास्थ्य बिमाबाट उपचारमा आउने बिरामी सङ्ख्या तथा चाप दिनहुँ वृद्धि हुँदै गएको छ । यसबाट मासिक पाँच करोड हाराहारीको खर्च हुनेमा बिमा बोर्डबाट ५० प्रतिशत मात्र दाबी स्वीकृति गरी बाँकी अस्वीकृत गर्दै आएको छ । हालसम्म अस्पतालको बिमा दाबी रकम करिब ४० करोड भुक्तानी बाँकी छ,” अस्पताल प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

अस्पतालमा आउने बिरामीको उपचार क्रममा बिमा बोर्डको र अस्पतालको दररेट शुल्क फरक भएको बताउँदै सूचना अधिकारी रोस्याराले अस्पताल प्रशासनले बारम्बार ‘अस्पतालको रकमलाई अन्तिम मानिदिनु’ भनी दुई वर्षदेखि गरेको आग्रहको कुनै सुनवाइ नभएको उल्लेख गर्नु भयो । नसर्ने रोग रोकथाम गर्न प्राथमिकता दिनु पर्छ ः स्वास्थ्यमन्त्री डा। गौतम

यसैबिच, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा। सुधा गौतमले नसर्ने रोगको रोकथामलाई प्राथमिकता दिनु पर्नेमा जोड दिनु भएको छ । नसर्ने रोग र मानसिक स्वास्थ्यसम्बन्धी विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को दक्षिणपूर्वी एसिया क्षेत्रको क्षेत्रीय सम्मेलनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले अस्वस्थ जीवनशैली, खानपिनलगायत कारणले पछिल्लो समय नसर्ने रोगीको सङ्ख्या बढ्दै गएकाले यसको उपचार लागतले सरकारमाथि ठुलो आर्थिक भार पारिरहेको बताउनु भयो ।

“सरकारको खर्चको सबैभन्दा ठुलो हिस्सा नसर्ने रोगको उपचारमा खर्च गर्दै आएको देखिन्छ । धेरैजसो खर्च रोकथामको सट्टा उपचारमा निर्देशित छ”, उहाँले भन्नुभयो, “नसर्ने रोगको उपचारभन्दा पनि रोकथामलाई प्राथमिकता दिनु पर्ने आवश्यकता छ । क्यान्सर र मुटु जस्ता रोगको उपचारमा वार्षिक अर्बौँ रुपियाँ खर्च गरिन्छ । जबकी रोकथाम कार्यक्रम कमजोर रूपमा सञ्चालन भएका छन् ।”

मन्त्री डा।गौतमले नसर्ने रोग रोकथाम गर्न जीनवशैली र खानपिनमा जोड दिनु पर्ने बताउँदै यसबाट दीर्घकालीन लागतलाई उल्लेखनीय रूपमा घटाउन र जनस्वास्थ्य परिणाम सुधार गर्न सकिने धारणा राख्नु भयो । उहाँले सहरी क्षेत्रमा तुलनात्मक रूपमा छिटो उपचार सेवा उपलब्ध भए पनि ग्रामीण र गरिब नागरिक उपचारबाट बञ्चित भइरहेका बताउनु भयो ।

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका अनुमान गरिएको छ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले मानसिक स्वास्थ्य नदेखिने महामारीका रूपमा देखापरेको बताउनु भयो । उहाँले जनचेतना, स्वस्थ जीवनशैली, खाद्य सुरक्षा, योग र ध्यान जस्ता रोकथामका उपायलाई प्राथमिकतामा राखेर महानगरले स्वास्थ्य सेवा पुर्‍याइरहेको जानकारी दिनु भयो ।

डब्लुएचओको दक्षिणपूर्वी एसिया क्षेत्रको नसर्ने रोग एलान्सका कार्यक्रम संयोजक डा। मनिता प्याकुरेलले नसर्ने रोग रोकथाम गरी नागरिकलाई स्वास्थ्य सुरक्षा प्रदान गर्न सरकारले प्रभावकारी संयन्त्र बनाएर कार्यान्वयन गर्नु पर्नेमा जोड दिनु भयो ।

नसर्ने रोग ९एनसिडी० एलायन्स जेनेभाका प्रतिनिधि लिन्डा सेंक मार्कोभाले नसर्ने रोगको प्रभावकारी रोकथाम गर्न सचेतना आवश्यक पर्ने धारणा राख्नु भयो । कार्यक्रममा भारत, श्रीलङ्का, बङ्गलादेश, माल्दिभ्स, इन्डोनेसिया, थाइल्यान्ड, म्यान्मार, मलेसिया, जेनेभालगायत ११ देशका नसर्ने रोगसँग सम्बन्धित काम गर्ने जनस्वास्थ्यविद्हरू सहभागी छन् । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष २८,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद