Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज र पशुपति आदर्श क्लबबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ पुष १४,सोमबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।
नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस १४ गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा आयोजित कार्यक्रममा औपचारिक रूपमा कार्यान्वयनमा आएको हो।

सम्झौताअनुसार पशुपति आदर्श क्लबका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजमार्फत गुणस्तरीय, प्राथमिकतासहित तथा सहुलियतयुक्त स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ। सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सुविधा, अन–साइट क्लिनिक सञ्चालन तथा विशेष वेलनेस प्याकेजहरू प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौताअन्तर्गत ओपीडी सेवा, आकस्मिक उपचार, जनरल बेड, आईसीयू, शल्यक्रिया सेवा, विभिन्न ल्याब परीक्षण, रेडियोलोजी सेवा, फार्मेसी तथा अन्य आवश्यक स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।सम्झौताको अवधि एक वर्षको रहनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, प्रमुख सूचना अधिकृत इ. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कान्थ, मौलाना साव तथा पापु सिंहको उपस्थिति रहेको थियो।

त्यसैगरी पशुपति आदर्श क्लब तर्फबाट अध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष किरण बहादुर कटवाल तथा सचिव सुरेश श्रीवास्तव सहभागी हुनु भएको थियो।

दुवै संस्थाबीच भएको यो सहकार्यले क्लबका सदस्य तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष १४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष १४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद