Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

न्याय, संविधान र मानव अधिकारको पक्षमा पर्सामा बार डे–२०८२ अवसरमा प्रभातफेरी सम्पन्न

by प्रणय साह
प्रकाशित : २०८२ पुष ७,सोमबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

पर्सामा न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बार एसोसिएसनको अभियानअन्तर्गत बार डे–२०८२ को अवसरमा सोमबार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।

मधेस प्रदेश उच्च अदालत बार एसोसिएसन वीरगञ्ज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न उक्त प्रभातफेरी वीरगञ्जको घण्टाघर चोकबाट सुरु भई नगर परिक्रमा गर्दै पुनः घण्टाघरमै आएर समापन गरिएको थियो।

प्रभातफेरी कार्यक्रम उच्च अदालत बार एसोसिएसन, वीरगञ्जका अध्यक्ष शैलेन्द्र बर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पर्सा जिल्ला अदालत बार एसोसिएसनका निवर्तमान उपाध्यक्ष सुधीर कुमार कर्ण तथा विशिष्ट अतिथिका रूपमा पर्सा जिल्ला अदालत बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी उपस्थित थिए। त्यस्तै, कार्यक्रममा उच्च अदालत बार एसोसिएसनका सचिव प्रज्वल अधिकारलगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

बिरगञ्ज स्कुल अफ ल मा अध्ययनरत बीएएलएलबीका विद्यार्थीहरूले ब्यानर तथा हातमा प्लेकार्ड बोकेर प्रभातफेरीमा सहभागिता जनाएका थिए। बिहान ७ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रभातफेरीका क्रममा सहभागीहरूले न्यायको प्रत्याभूति, संविधानको संरक्षण तथा मानव अधिकारको सम्मान सम्बन्धी सन्देशमूलक नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए। कार्यक्रममा कानूनको शासन सुदृढ गर्न तथा नागरिकका मौलिक अधिकारको संरक्षणमा बार एसोसिएसनको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइयो।

कार्यक्रमको सञ्चालन उच्च अदालत बार एसोसिएसन, वीरगञ्जका कार्यसमिति सदस्य चन्द्रिका प्रसाद पटेलले गर्नुभएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष ७,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष ७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद