Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवमा नेशनल मेडिकल कलेजसँग स्वास्थ्य सहयोग सम्झौता

by प्रणय साह
प्रकाशित : २०८२ पुष ५,शनिबार
A A
default

default

1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बिरगञ्ज,। नेशनल मेडिकल कलेज प्रा। लि। र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ।
यस अवसरमा आशा किरण केन्द्रको ११औँ वार्षिकोत्सवको विशेष कार्यक्रम आयोजना गरिएको थियो। सम्झौताको उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक र विकासात्मक चुनौती भएका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो।

सम्झौताअनुसार नेशनल मेडिकल कलेजले आकस्मिक घटना, आपत्कालीन स्वास्थ्य सेवा र क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ। साथै, ओपीडी, डे(केयर, सामान्य बेड, आईसीयू एनआईसीयू पिक्यू, सर्जरी, प्रयोगशाला परीक्षण, एक्स(रे,भिडियो एक्स(रे, सीटी स्क्यान , एमआरआई, फार्मेसी तथा डेन्टल प्रक्रियामा छुट प्रदान गरिनेछ भने बालबालिकाहरूका लागि छुट विशेष रूपमा लागू हुनेछ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजबाट डा। इशरत जाहान अन्सारी अस्पताल निर्देशक, इञ्जि। प्रदीप कुमार चौधरी ,सि।आई।ओ। र जितेश चन्द्र दास मार्केटिङ म्यानेजर उपस्थित थिए भने आशा किरण केन्द्रबाट सुनिल गुप्ता संस्थापक एवं अध्यक्ष उपस्थित हुनु भएको थियो।
कार्यक्रममा अन्य प्रमुख व्यक्तित्वहरू पनि उपस्थित थिए, जसमध्ये सशस्त्र प्रहरी पर्सा १३ नम्बर गण एस पी पूर्णचन्द भट्ट , उद्योगपति शुरेश रुँगटा, मानवसेवा आश्रम, बिरगञ्जका संस्थापक श्री देवेश, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता र मुख्य अतिथि डा। बसन्त पन्त अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष रहेका थिए।

सम्झौता एक वर्षको लागि लागू हुनेछ र आवश्यक्ता अनुसार दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिनेछ। यस कार्यक्रममा स्वास्थ्य सेवा र सामाजिक दायित्वबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। सम्झौताको पक्षमा नेशनल मेडिकल कलेज प्रा। लि। का अस्पताल निर्देशक डा। इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष ५,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद