पर्सा – बहुवरीबाट एक अन्दाजी ३० वर्षीया गर्भवती महिलालाई उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज शाखामा संरक्षणमा राखिएको छ।
शनिबार राति करिब ९ बजे वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक ९प्र।स।नी० भुलेन्द्र गिरी र समाजसेवी प्रकाश थारूको पहलमा महिलालाई आश्रममा ल्याइएको हो। महिलाले आफ्नो नाम, थर र ठेगाना प्रष्टसँग बताउन नसकेको आश्रमले जनाएको छ।
मानवसेवा आश्रम वीरगञ्जका संस्थापक अभियन्ता देवेन्द्र गुप्ताका अनुसार महिलालाई बारम्बार सोधपुछ गर्दा पनि विवरण नबताएको र हाल गर्भवती अवस्थाका कारण नारायणी अस्पतालमा हेमा थापाको निगरानीमा उपचार हुने बताइएको छ। साथै मानसिक स्वास्थ्य परीक्षण तथा उपचारका लागि डा। भरत गोइत संलग्न हुनेछन्।
आफ्नो प्रतिक्रिया दिनुहोस



