Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज हेल्थ केयरमा जटिल अवस्था भएको प्रसूती सफल, स्वास्थ्यकर्मीलाई सम्मान ज्यान जोखिममा परेका आमा र नवजात शिशुको सकुशल उद्धार

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – वीरगन्ज महानगरपालिका–६ स्थित बहुअरीको वीरगन्ज हेल्थ केयर (BHC) अस्पतालमा जटिल अवस्थाको गर्भबाट आमा र शिशुको सकुशल प्रसूती गराएबापत अस्पतालका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ।

आमा अन्नु मिश्राको ज्यान जोखिममा रहेको अवस्थामा सफल शल्यक्रिया मार्फत आमा र शिशु दुवैको ज्यान बचाएको भन्दै उनका पति राकेश मिश्राले अस्पतालकी प्रशासन प्रमुख तथा स्वास्थ्यकर्मी भूमिका अधिकारीलाई मायाको चिन्ह प्रदान गर्दै सम्मान गरेका हुन्।

भूमिका अधिकारीका अनुसार, गर्भवती अन्नु मिश्रालाई प्रसूती मिति आउन १० दिन बाँकी रहँदा स्वास्थ्य समस्या देखिएपछि गत आइतबार चेकजाँचका लागि अस्पताल ल्याइएको थियो। जाँचका क्रममा गर्भभित्रको शिशु सामान्यभन्दा कम चलिरहेको पाइएपछि तुरुन्तै भर्ना गरिएको थियो। त्यसपछि डा. रमोला साह, भूमिका अधिकारीसहितको चिकित्सक टोलीले आपतकालीन शल्यक्रियाको निर्णय लिएको थियो।

शल्यक्रिया निकै चुनौतीपूर्ण भए पनि सफल रूपमा सम्पन्न गरिएको अधिकारीले जानकारी दिइन्। आमा र शिशुलाई तीन दिनसम्म अस्पतालको निगरानीमा राखेर उपचार गरिएको र उनीहरूलाई सकुशल घर पठाइएको अस्पतालले जनाएको छ।

राकेश मिश्राले अस्पताल र चिकित्सक टोलीप्रति आभार प्रकट गर्दै भने, “जसरी मेरो पत्नी र नवजात शिशुको जीवन संकटमा थियो, त्यस अवस्थामा भूमिका अधिकारी र सम्पूर्ण टोलीले जुन समर्पण देखाएर जीवन रक्षा गर्नुभयो, त्यो सधैं स्मरणीय रहनेछ।”

वीरगन्ज हेल्थ केयरले जटिल प्रकृतिका स्वास्थ्य सेवामा समेत प्रभावकारी भूमिका खेलिरहेको पुष्टि गर्ने यो घटनाले आम नागरिकमा अस्पतालप्रतिको विश्वास अझै बलियो बनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ श्रावण २२,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद