Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मूल्याङ्कनकर्ता इन्जिनियरहरुको आन्दोलन – नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको मुल्यांकन सेवा देशभर बन्द

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ श्रावण १२,सोमबार
A A
5
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज— नेपालभर क्रियाशील मूल्याङ्कनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एशोसियसन मधेश प्रदेशले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) विरुद्ध आन्दोलनको घोषणा गर्दै मूल्याङ्कनसम्बन्धी सम्पूर्ण कार्य देशभर बन्द गर्ने निर्णय लिएको छ।

संघले मधेश प्रदेश शाखा र वीरगंज शाखालाई आज विज्ञप्ति बुझाउँदै २०८२ साउन १२ गतेदेखि सम्पूर्ण मुल्याङ्कन कार्य बन्द गरिएको जानकारी गराएको हो। संघले बैंकले मूल्याङ्कनकर्ताहरूमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको भन्दै छ बुंदे मागपत्रसहित विरोधको कार्यक्रम सार्वजनिक गरेको छ।

संघका अनुसार, नेपाल राष्ट्र बैंकको निर्देशिका विपरीत बैंक तथा वित्तीय संस्थाहरूले मूल्याङ्कनकर्तासँग एकपक्षीय सम्झौता गर्ने, उचित प्रक्रिया विना कालोसूचीमा राख्ने, काम नदिई निलम्बन गर्नेजस्ता कार्य निरन्तर भइरहेकाले आन्दोलनको घोषणा गर्नु परेको हो।

संघका प्रमुख ६ मागहरू यसप्रकार छन्
१। नेपाल बैंकर्स संघ र नेपाल भ्यालुयर्स एशोसियसनबीच भएको सहमति पूर्णरूपमा कार्यान्वयन गरिनु पर्ने।

घर–जग्गाको मूल्य घटेकै कारण मूल्याङ्कनकर्तालाई कारवाही तथा कालोसूचीमा राख्ने प्रक्रिया तत्काल खारेज गरिनु पर्ने।

मूल्याङ्कनकर्तालाई सूचिकृत मात्र गरेर काम नदिने प्रवृत्ति अन्त्य गरि चक्रिय प्रणालीअन्तर्गत न्यूनतम मासिक कार्यादेश सुनिश्चित गरिनु पर्ने।

भ्यालुयर्स एशोसियसनले निर्धारण गरेको मूल्याङ्कन परामर्श सेवा शुल्क तुरुन्त लागू गरिनु पर्ने।

राष्ट्र बैंकको निर्देशिका अनुसार मूल्याङ्कनकर्ताको कर्तव्य, अधिकार तथा जिम्मेवारी स्पष्ट रूपमा उल्लेख गरी मात्र सम्झौता गरिनु पर्ने।

विभिन्न बहानामा मूल्याङ्कनकर्तालाई निलम्बन गर्ने कार्य तत्काल फिर्ता लिनु पर्ने।

संघले हाललाई बैंकसँग मुल्याङ्कनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गरेको र माग पुरा नभए थप कडा आन्दोलनका कार्यक्रम ल्याइने चेतावनीसमेत दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ श्रावण १२,सोमबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ श्रावण १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद