Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको ठोरी गाउँपालिका साक्षर पालिका घोषणा, जिल्लामै पहिलो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २१,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा जिल्लाको ठोरी गाउँपालिकालाई जिल्लाको पहिलो साक्षर पालिका घोषणा गरिएको छ। शनिबार ठोरी गाउँपालिका–३, शिकारीवासमा आयोजित विशेष समारोहमा पालिका अध्यक्ष लालबहादुर श्रेष्ठले पालिकालाई औपचारिक रूपमा साक्षर पालिका घोषणा गरेका हुन्।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरन्जन प्रसाद साह सोनार प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्याल विशिष्ट अतिथि थिए। अध्यक्ष श्रेष्ठले ठोरी गाउँपालिकाले नेपाल सरकारले तोकेको १२ सूचकहरूमध्ये ८ वटा पूरा गरेको आधारमा साक्षर पालिकाको मान्यता पाएको बताए।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख भूपाल जोशीका अनुसार, आसमान नेपालको सहयोगमा गरिएको सर्वेक्षणमा पालिकाका ५ वटै वडाका ३,८०९ घरधुरीमध्ये १५ देखि ६० वर्ष उमेर समूहका १५,६७८ व्यक्तिमध्ये ९८।८६ प्रतिशत ९१५,३२१ जना० साक्षर भेटिएका थिए।
नेपाल सरकारले तोकेको मापदण्ड अनुसार, १५–६० वर्ष उमेर समूहमा कम्तीमा ९५ प्रतिशत व्यक्तिहरू साक्षर भएमा पालिकालाई साक्षर पालिका घोषणा गर्न सकिने व्यवस्था छ।

पालिकाका अध्यक्ष श्रेष्ठले ठोरी गाउँपालिका पर्सा जिल्लाका १४ पालिकामध्ये पहिलो र मधेस प्रदेशका १३६ पालिकामध्ये सातौं साक्षर पालिका बन्न सफल भएकोमा गर्व व्यक्त गरे।

कार्यक्रम अध्यक्षता गाउँपालिका अध्यक्ष श्रेष्ठले गरेका थिए। कार्यक्रममा उपाध्यक्ष गोकुली कुमारी रेग्मी, प्रमुख प्रशासकीय अधिकृत धर्मराज थापा, उद्योग विभागका महानिर्देशक सुशील साह, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा, नारायणी अस्पतालका मेसु डा। चुमनलाल दास, आसमान नेपालका धर्मेन्द्र चौरसिया लगायतको उपस्थिति रहेको थियो।

साक्षरता अभिवृद्धिको यो उपलब्धिलाई शिक्षामा स्थानीय सरकारको सक्रियता, सहकार्य र प्रतिबद्धताको प्रतिफलको रूपमा हेरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार २१,शनिबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद