Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका विभिन्न पालिकामा छापामारी, प्रमुख प्रशासकीय अधिकृत पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ६,शुक्रबार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

पर्सा जिल्लामा बढ्दो भ्रष्टाचार र अनियमितताका बीच अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले कडा कारबाही थालेको छ। बहुदरमाई नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको छ। काठमाडौँको टंगालस्थित अख्तियारको विशेष टोलीले शुक्रबार बिहान उनलाई नियन्त्रणमा लिएको हो।

श्रीवास्तवमाथि विकास योजना कार्यान्वयन, कर्मचारी नियुक्ति, सार्वजनिक खरिद तथा बजेट विनियोजन प्रक्रियामा अनियमितता गरेको आरोप छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले पनि गिरफ्तारी पुष्टि गरेका छन्।

साथै, अख्तियारको टोलीले पर्सा जिल्लाकै पोखरिया नगरपालिकामा छापा मार्दै कर्मचारी सन्दीप साहलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा अनाधिकृत कर्मचारी भर्ना, ठेक्का प्रक्रिया, मालसामान खरिद, योजना निर्माण र बजेट विनियोजनमा भ्रष्टाचारको उजुरीका आधारमा छापा मारिएको हो।

अख्तियारले पोखरिया नगरपालिकाको लेखा, योजना र प्रशासन शाखामा एकैसाथ छापा मारी कागजात, प्राविधिक उपकरण तथा डिजिटल डेटा जफत गरेको छ। करारमा नियुक्त कर्मचारीहरूको फाइल, योजनाहरूको मूल्यांकन, कार्य प्रगति र भुक्तानीसम्बन्धी कागजातहरूको विस्तृत अध्ययन भइरहेको आयोगले जनाएको छ।

अहिले अनुसन्धान जारी रहेको र थप संलग्नता प्रमाणित भएमा गिरफ्तारिहरू बढ्न सक्ने आयोगले जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि विस्तृत अध्ययन गरी मुद्दा दायर गर्ने तयारीमा रहेको छ।

यस छापामारीका कारण पर्सा जिल्लाभरि पालिका र सरकारी कार्यालयहरूमा खैलाबैला मच्चिएको छ। मालपोत, नापी, यातायात लगायतका कार्यालयका हाकिमहरू पनि तनावमा छन्। अख्तियारले पर्साका सबै निकायहरूमा निगरानी कडा पार्दै भ्रष्ट कर्मचारीमाथि कारबाही अघि बढाएको छ।

यो घटनाले स्थानीय तहमा पारदर्शिता, जवाफदेहिता र सुशासन कायम राख्न थप कडा निगरानी आवश्यक रहेको पुष्टि गरेको छ। विकास योजना र सार्वजनिक स्रोतमा हुने अनियमितता रोक्न स्थानीय सरकारहरूलाई विधिसम्मत र उत्तरदायी बनाउने दबाब थप बढ्नेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार ६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद