Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भोजपुरी भाषा, संस्कृती र साहित्यको उजागरमा लाग्न मेयर सिंहको आग्रह

भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन,

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १९,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
भोजपुरी प्रतिष्ठान वीरगंजको कार्य समिति पुनर्गठन भएको छ । अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको हो । समितिको सदस्यहरुमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, मुकेश महतो नुनीया, अमित अग्रवाल र अजय चौरसिया रहेका छन् ।
सल्लाहकारहरुमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरीष्ठ पत्रकार चन्द्रकिशोर झा, भोजपुरी प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य एव् वरीष्ठ साहित्यकार दिनेश गुप्ता, वरीष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।
भोजपुरी प्रतिष्ठान वीरगंजका संस्थापक अध्यक्ष एंव साहित्यकार उमाशंकर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधि निष्कृय भएको थियो । महानगर प्रमुख राजेशमान सिंहको प्रयासमा प्रतिष्ठानलाई पुनःसकृय बनाउन नयाँ कार्यसमिति पुनर्गठन गरिएको हो ।
वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका प्रमुख सिँहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरुलाई बुधबार एक कार्यक्रमकाबीच मनोनयन गरिएको पत्र वितरण गरीएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानगर प्रमुख सिँहले भोजपुरी भाषा, संस्कृती र साहित्यलाई उजागर गर्ने तथा जनजनको मनमनमा पुर्याउने र विकास गर्दै एउटा छुट्टै पहिचान बनाउने उद्देश्यले भोजपुरी प्रतिष्ठानको ठुलो भुमीका हुन सक्ने बताउनुभयो ।
उहाँले भोजपुरी भाषाको उन्नयन र संरक्षणमा प्रतीष्ठानमा विभिन्न विधाबाट आबद्ध भएका कार्य समितिका सदस्यहरुले ईमान्दारी पुर्वक भूमिका निर्वाह गर्नेमा विश्वस्त हुनुभयो ।
महानगर प्रमुख सिंहले वीरगंजका विद्यालयहरुमा कम्तीमा हप्तामा एक दिन भोजपुरी भाषा साहित्य, सस्कृतीको बारेमा कक्षा संचालन गर्ने योजनामा रहेको बताउनुभयो । साथै भोजपुरी भाषा, संस्कृती झल्काउने संग्राहलय समेत स्थापना गर्ने आफ्नो योजना रहेको पनि उहाँले सुनाउनुभयो ।
उहाँले भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तराष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरुको आकर्षण बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको थियो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एवं वीरगंज महानगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले स्थानीय भाषाको विकासका लागि स्थानीयकै भुमीका महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले भोजपुरी भाषा, संस्कृती, साहित्य, रहनसहन, खानपान लगायतका विषयवस्तुमा आधारीत पुस्ताकलय, संग्राहलय, आर्ट ग्यालरी तथा पाठ्यक्रम तर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८१ मंसिर १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद