Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनुत्तीर्णलाई माथिल्लो अवसर

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १०,सोमबार
A A
file photo

file photo

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। पर्याप्त पेसागत सिप भए पनि शैक्षिक योग्यताका कारण माथिल्लो तहको रोजगारीमा जान नपाएका वा शैक्षिक संस्थामा पढाइका लागि भर्ना हुन नपाएका व्यक्तिलाई बाटो खुलाउने कानुनी व्यवस्था गर्न लागिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँगको समन्वयमा यो प्रव्रिmया अघि बढाएको छ । यो व्यवस्था कार्यान्वयनमा आएपछि थोरै कक्षा पढेको तर उक्त शैक्षिक योग्यताभन्दा माथिको तह बराबरको पेसागत सिप हासिल गरेको व्यक्तिले सोही तह बराबरको रोजगारीमा जान पाउने छन् । साथै त्यस्ता व्यक्तिले सिधै विद्यालय, प्राविधिक विद्यालय वा विश्वविद्यालय तहमा भर्ना भएर पढ्न पाउने मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय योग्यता प्रारूप ९एनक्युएफ० नाम दिइएको यो अवधारणालाई कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक परामर्श तथा छलफल गरिरहेको छ । यो प्रारूपलाई २०७७ सालमै मन्त्रीपरिषद्ले पारित गरेको भए पनि हालसम्म कार्यान्वयनमा ल्याउन सकिएको छैन ।

“उदाहरणका लागि माध्यमिक शिक्षा परीक्षा ९एसइई० उत्तीर्ण गरेर कक्षा ११ र १२ नपढेको तर लामो समयसम्म कुनै पेसामा लागेर हासिल गरेको पेसागत दक्षता स्नातक तह बराबर रहेको प्रमाणित भएमा उक्त व्यक्तिले स्नातक तहमै भर्ना भएर पढ्न पाउँछ,” मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले भन्नुभयो, “उसको पेसागत दक्षता प्रमाणित भएपछि शैक्षिक योग्यता नभए पनि माथिल्लो तहको रोजगारीमा जान पनि पाउँछ । यो व्यवस्थाले पढाइलाई भन्दा कामलाई प्राथमिकता दिएर अघि बढेका नागरिकलाई लाभान्वित गराउने पनि सहसचिव न्यौपानेले बताउनुभयो ।

एनक्युएफका अनुसार यस्ता व्यक्तिलाई दिइने योग्यताको प्रारूपलाई तह एकदेखि आठसम्म तहमा विभाजन गरिएको छ । जस अनुसार तह एकको प्रमाणपत्रलाई कक्षा एकदेखि तीन कक्षासम्म, तह दुईलाई तीन कक्षादेखि पाँचसम्म र तह तीनलाई कक्षा पाँचदेखि आठसम्मको शैक्षिक योग्यता बराबर मानिएको छ । त्यस्तै तह चारलाई कक्षा १०, तह पाँचलाई कक्षा १२ सम्म, तह छलाई स्नातकसम्म, तह सातलाई स्नातकोत्तरसम्म र तह आठलाई विद्यावारिधि उपाधि प्राप्त गरेसरहको मान्यता दिइने एनक्युएफमा उल्लेख छ ।

कति दक्षता भएको व्यक्तिको तहलाई कसरी छुट्याउने र यस्तो तहलाई कसरी प्रमाणित गराउने भन्ने विषयमा तीन वटै निकायबाट काम भइरहेको मन्त्रालयले जनाएको छ । यसका लागि राष्ट्रिय योग्यता प्रारूप ऐनको मसौदा निर्माणको काम मन्त्रालयबाट भइरहेको छ ।

विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षासँग सम्बन्धित योग्यतालाई प्रारूपमा उल्लेख भए अनुसार कसरी जोड्ने भन्ने विषयमा अध्ययन गरिरहेको छ । आयोगका सदस्यसचिव प्राडा देवराज अधिकारीले आफूहरूको अध्ययन अन्तिम चरणमा पुगेको बताउनुभयो ।

व्यक्तिको सिप परीक्षण गरेर आवश्यकता अनुसार एकदेखि आठसम्मको तह निर्धारण गर्न उच्चस्तरीय निकाय, समिति वा संरचना गठन गरिने प्रारूपमा उल्लेख छ । उक्त संरचना गठनको ‘मोडालिटी’ बारे पनि अध्ययन भइरहेको छ । औपचारिक तथा अनौपचारिक पद्धतिबाट अध्ययन गरी हासिल गरेको ज्ञान, सिपलाई परीक्षण तथा प्रमाणित गर्ने, उक्त सिप शिक्षाको कुन तहसँग समकक्षी छ भन्ने विषयमा पनि कानुनले निक्र्योल गर्ने विषयलाई पनि प्रारूपले प्राथमिकता दिएको छ ।

साथै प्रत्येक नागरिकलाई विद्यालय शिक्षा, प्राविधिक शिक्षा र विश्वविद्यालय शिक्षामा सहज पहुँच विस्तार गर्नु, शिक्षाको एक धारबाट अर्को धारमा अर्को धारमा स्थानान्तरण हुन सक्ने अवसर प्रदान गर्ने, अनौपचारिक रूपमा प्राप्त गरेको ज्ञान सिपलाई प्रमाणीकरण गरी औपचारिक शिक्षा तथा उच्च शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्ने पनि प्रारूपमा उल्लेख छ । सभार गोरखापत्र सूर्यप्रसाद पाण्डे

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा
मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

प्रकाशित : २०८१ मंसिर १०,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद