Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

डढेलो लगाएको आरोपमा एक जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २४,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

लेखनाथ, वैशाख २४ गते । कास्की प्रहरीले जङ्गलमा डढेलो लगाएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । शुक्रवार कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं। ३ मराम्चेको मराम्चे सामुदायिक जङ्गलमा आगो लगाएको अभियोगमा सोही ठाउँका ३९ वर्षीय अगन्दर पौडेललाई पक्राउ गरिएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

आगलागी भएपछि वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले आगो लगाउने व्यक्ति खोजतलास गर्दै पौडेललाई नियन्त्रणमा लिएको शर्माले बताउनुभयो । पौडेलले सामुदायिक जङ्गल नजिकै रहेको आफ्नै खर बारीमा आगो लगाएको र सोही आगो फैलिएर सामुदायिक वनमा ठुलो आगलागी भएको स्वीकारेको प्रहरीले जनाएको छ ।

प्रहरीले पौडेलमाथि आवश्यक अनुसन्धान तथा कारवाहीका लागि आइतबार डिभिजन वन कार्यालय कास्की पठाएको छ । डिभिजन वन कार्यालय कास्कीले पौडेलमाथि कारवाही प्रक्रिया सुरु गरेको डिभिजनल वन अधिकृत कोमलराज काफ्लेले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ बैशाख २४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद