Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको सिम्रौनगढमा सूर्य भगवानको मूर्ति पोखरी खन्ने क्रममा भेटियो

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
A A
5
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

बारा,२०बैशाखःबाराको सिम्रौनगढमा पोखरी खन्ने क्रममा भगवान सूर्यको मूर्ति फेला परेको छ। सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित सानो इटवालमा मणि महतो नुनियाको निजी पोखरी खन्ने क्रममा बुधबार सूर्य भगवानको मूर्ति फेला परेको हो स्थानीय सुरेश महतो नुनियाले बताए।

उनका अनुसार, बुधबार डोजर लगाएर पोखरी खन्ने क्रममा सूर्यको मूर्ति फेला परेको हो। मूर्तिको तल सातवटा घोडाका आकृति छन्, जसले यो सूर्य भगवानको मूर्ति हो भन्ने प्रष्ट भएको नुनियाले बताए ।

फेला परेको मूर्तिको लम्बाई ३६ इन्च र चौडाई १० इन्च रहेको उनले बताए । फेला परेको मूर्तिलाई इटवाल नजिक बन्दै गरेको हनुमान मन्दिरमा लगेर राखिएको स्थानीय सञ्चारकर्मी रामेश्वर मेहताले जानकारी दिए । मेहताका अनुसार प्राचीन र ऐतिहासिक स्थल सिम्रौनगढमा बेला बेलामा पुरातात्विक सामग्रीहरु फेला पर्दै आएका छन् । त्यही भएकाले त्यहाँ तीन फिट भन्दामुनि खन्न नपाइने नियम छ। उक्त नियमको कार्यान्वयन भने भएको छैन।

गत वर्षको असारमा मात्रै सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ मा पर्ने नसागराढाटमापनि ब्रह्मा भगवानको मूर्ति फेला परेको थियो ।सिम्रौनगढ क्षेत्रमा गत ७ वर्ष यता १४ वटा मूर्ति फेला परिसकेको छ।बेला बेलामा पुरातात्विक महत्वका मूर्ति लगायतका सामग्रीहरु फेला पर्दै आएको भएपनि त्यसको संरक्षणका लागि राज्यको कुनैपनि निकायबाट पहल नभएको स्थानीयको गुनासो छ । सभार मधेस खबर

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद