Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अग्निपीडितको निःशुल्क उपचार

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

सप्तरी, वैशाख २० गते । सप्तरीको महादेवा गाउँपालिकाका अग्निपीडित परिवारको बिहीबार निःशुल्क प्राथमिक उपचार गरिएको छ ।

महादेवा गाउँपालिका १ स्थित स्वास्थ्य चौकी पकरीको टोलीले अग्निपीडित परिवारलाई बुधबारदेखि निःशुल्क प्राथमिक उपचार सेवा सुरु गरेको हो ।

आगलागी भएको घटनास्थलमै आयोजना गरिएको निःशुल्क उपचारका लागि चिकित्सक, स्वास्थ्यकर्मी तथा अनमीहरुको सहयोगमा उपचार थालिएको जनस्वास्थ्य निरीक्षक भोलाकुमार यादवले जानकारी दिनुभयो ।

आगलागीका क्रममा आगोबाट पोलेर हात, खुट्टा र छाला जलेका १५ वर्षीय कृष्णकुमार यादव, ३० वर्षीय श्याम यादव, २२ वर्षीय शिवु यादव र १८ वर्षीया सकिना खातुन उपचार गरिएको छ । साथै आगलागीको क्रममा सामान्य चोटपटक, अत्याधिक गर्मीका कारण हुने झाडापखालाका बिरामी र शरीरमा जलन बढी हुने बिरामीहरुको निःशुल्क उपचार गरिएको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो ।

त्यस्तै, बालबालिकाहरुको समेत उपचार गरी निःशुल्क औषधी दिइएको छ । ४६ परिवारका २६७ जना आगलागीबाट प्रभावित मध्य गर्भवती ६ जना, ज्येष्ठ नागरकि, अपाङ्ग, एक जना, सुत्केरीमा दुई वर्षमुनीका १३ जना, तीन–पाँच वर्षमुनिका ११ जना सुत्केरी रहेको जनस्वास्थ्य निरीक्षक यादवले जानकारी दिनुभयो ।

अहिलेसम्म १४२ जना व्यक्तिको बिहीबार उपचार गरिएको र अगामी वैशाख ३१ गतेसम्म आगलागी भएको क्षेत्रमा निःशुल्क उपचार जारी राखिने स्वास्थ्य चौकी पकरीका इन्चार्ज सि।अहेव उमेश यादवले जानकारी दिनुभयो ।

सि।अहेवा, स्वास्थ्य निरीक्षक र दुई जना अनमीसहित स्वास्थ्यकर्मीहरुको टोलीले उनीहरुको उपचारमा संलग्न छन् । सभार गोरखापत्र अनलाइन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ बैशाख २०,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद