Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा मुक्त हरवाचरवामैत्री ‘बजेट पैरवी अभियान’

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २१,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा मुक्त हरवाचरवाका सवाल सम्बोधन गर्न बजेट पैरवी अभियान सञ्चालन गरिने भएको छ ।

राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चको अगुवाइमा स्थानीय, प्रदेश र सङ्घीय सरकारका नीति तथा कार्यक्रममा हालसम्म उठाउँदै आएका सवाल सम्बोधन गर्न पैरवी कार्यक्रम सञ्चालन गर्न लागिएको राष्ट्रिय मुक्त हरवाचरवा अधिकार मञ्चले जनाएको छ ।

त्यसका लागि आजदेखि चैत २४ गतेसम्म मधेस प्रदेशका आठवटै जिल्लामा क्रियाशील जिल्लास्थित मुक्त हरवाचरवा अधिकार मञ्चले बैठक गरेर आवश्यकता पहिचान गरिने र सोही आधारमा सबै तहका सरकारको ध्यानाकर्षणका लागि कार्यक्रम सञ्चालन गरिने मञ्चका महासचिव लागिन्द्र सदाले जानकारी दिनुभयो । उहाँका अनुसार ती बैठकबाट पहिचान भएका सवाललाई एकीकृत गरी ‘जनवकालत कार्ययोजना’ बनाएर यहीँ चैत २८ गतेभित्रै स्थानीय हरवाचरवा अधिकार मञ्चको नेतृत्वमा मधेस प्रदेशका आठवटै जिल्लाका ३२ वटा स्थानीय सरकारलाई ध्यानाकर्षणपत्र बुझाइने छ ।

त्यसैगरी मधेस प्रदेश सरकारको नीति तथा कार्यक्रममा सवाल सम्बोधन गर्न चैत २९ गते जनकपुरमा मधेस प्रदेशका मुख्यमन्त्री, प्रदेश सचिव, प्रदेश नीति तथा योजना आयोग र भूमि व्यवस्था, कृषि र सहकारी मन्त्रालयलाई ज्ञापनपत्र पेस गरिने मञ्चका महासचिव सदाले बताउनुभयो । यसैगरी आगामी चैत २५ गते सङ्घीय सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणलगायत सरोकारवाला मन्त्रालय, निकाय र सङ्घसंस्थाको सहभागितामा जनवकालत कार्यशाला गोष्ठी आयोजना गरिने राष्ट्रिय दलित नेटवर्क, नेपालका कार्यकारी निर्देशक हुकुम सार्कीले बताउनुभयो ।

बैठकपछि सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा मुक्त हरवाचरवाको सवाल सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय, राष्ट्रिय योजना आयोग र राष्ट्रिय मानवअधिकार आयोगमा ज्ञापनपत्र बुझाइने सार्कीले बताउनुभयो ।

यसअघि सरकारद्वारा गठित मुक्तकमैया, हलिया, कमलरी र हरवाचरवाको वस्तुस्थिति अध्ययन समितिका सदस्य एवं अधिकारकर्मी गणेश विश्वकर्माले सरकारले २०७९ साउन २ गते बधुवाश्रमका रूपमा रहेका हरवाचरवा प्रथा मुक्तिको घोषणा गरे पनि पुनःस्थापनाका कार्यक्रम अगाडि नबढाउँदा समस्या भइरहेको बताउनुभयो । त्यसका लागि दबाब दिन बजेट पैरवी अभियान गरिने उहाँले बताउनुभयो।

“ मधेसको यो ठूलो समस्याबारे सरोकारवालाको ध्यानाकर्षण गराउन पटकपटक दबाबमूलक कार्यक्रम भएका छन् । त्यसैको प्रतिफलस्वरुप मुक्तिको घोषणसमेत गरिएको छ तर पुनःस्थापनाका लागि ठोस कार्यक्रम तथा बजेटको व्यवस्था नहुँदा मुक्तहरवाचरवा फेरि समस्यामा पर्न थालेका छन् । त्यस विषयमा दबाब सिर्जना र सरकारको ध्यानाकर्षण गर्न यो अभियान सञ्चालन गरिने छ”, उच्चस्तरीय भूमि आयोगका पूर्वसदस्य विश्वकर्माले भन्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद