Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बलिरामपुर चौकीका सई शिव यादवले मासिक ३५ हजार रकम बुझी तस्करीको लाइन खुलाए

by अनलाईन वीरगंज
प्रकाशित : २०८० पुष २२,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कलैया , २२ पुस । बारा जिल्लाको बलिरामपुर नाकाबाट व्यापक तस्करी फस्टाएको छ । जिल्ला प्रहरी कार्यालय बारा मातहतमा रहेको प्रहरी चौकी बलिरामपुर एवं सशस्त्र प्रहरी बल बलिरामपुरका सशस्त्र प्रहरीको सहयोगमा तस्करी फस्टाएको हो । वीरगंज भन्सार क्षेत्रबाट तस्करीमा कडाई गरिएपछि तस्करहरु बलिरामपुर नाकालाई तस्करीको बाटो रोजेका छन् । प्रहरी चौकी बलिरामपुरका सई शिव यादव एवं सशस्त्र प्रहरी बलका सईलाई मासिक रकम बुझाई तस्करीको लाइन खुलाइएको बताइएको छ ।

बलिरामपुर नाकाबाट अहिले कपडा, काजु, हार्डवेयर, प्याज, कफीको दाना एवं धानको व्यापक तस्करी भइरहेको छ । रातिको समयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा भारतबाट तस्करीका यि सामानहरु खुलेयाम रुपमा नेपाल भित्रि रहेका छन् । तस्करहरु दुलारचन, सन्तोष, अनहोती, लालु यादव, विरेन्द्रको कपडा, काजु, हार्डवेयरका सामान, प्याज, कफीको दाना एवं धानको तस्करी भइरहेको छ ।

तस्करहरुले जिल्ला प्रहरी कार्यालय बारा मातहत रहेका प्रहरी चौकी बलिरामपुरका सई शिव यादवलाई मासिक रु ३५ हजार एवं सशस्त्र प्रहरी बल बलिरामपुरका सईलाई मासिक २५ हजार, जिल्ला प्रहरी कार्यालय बाराका घुमुवालाई ४५ हजार, इलाका प्रहरी कार्यालय गण्डकका घुमुवालाई मासिक रु १५ हजार रकम बुझाई खुलेयाम रुपमा भारतीय सीमावर्ती सहर रक्सौलबाट तस्करीको सामान बलिरामपुर नाका हुँदै बारा एवं पर्साका विभिन्न ठाउँमा पुग्ने गरेको छ ।

भारतबाट तस्करीको सामान नेपाल भित्र्याउन बलिरामपुर नाका अहिले सजिलो भएको र त्यस क्षेत्रमा पर्ने प्रहरी चौकी एवं सशस्त्र प्रहरी बलका हाकिम पनि तस्करीको लाइन दिएको कारण रातिको समयमा तस्करीको सामान नेपाल भित्रि रहेको बताइएको छ । तस्करहरुले कपडा एवं काजु रक्सौलबाट सहदेवा, बलिरामपुर, इनर्वागाउँ, भुटनदेवी हुँदै वीरगंज बजारसम्म सहजै रुपमा पुर्‍याउने गरेका छन् । कपडा तथा काजु तस्करीमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहतमा रहेका प्रहरी चौकी इनर्वाका इन्चार्ज, वडा प्रहरी कार्यालय वीर्ताका घुमुवा, टाइगर टोली एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका घुमुवाले पनि सघाउने गरेका छन् ।

यसैगरि धान, प्याज एवं कफीको दाना रक्सौलबाट सिर्सिया, महदेवा, फुदियाटोला, मुसहर्वा हुँदै बारा एवं पर्साको विभिन्न ठाउँमा तस्करीको सामान पुर्‍याउने गरिएको हो । सभार वीरगंज टाईम्स

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० पुष २२,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० पुष २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद