पर्वको अर्थ एक तर नाम फरक रहेको छ । मधेस प्रदेश तथा तराईका जिल्लाहरुमा भैयादुज वा बजडी तथा पहाडमा भाईटिका मनाइने गरीएको छ । निधारमा लगाइएको सप्तरंगी टीका अर्थात तिहारको भाइटीका र निधारमा टिका र केराउ कुवाउनेलाई भैयादुज वा बजडी भनिने गरेको छ । यो पर्व हिन्दूधर्मालम्बीहरुको बिशेष पर्व हो । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, आर्शिवाद दिने लिने ,मेवा ,मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दान दक्षिणा एवं वस्त्र आदि दिने परम्परा चली आइरहेको छ ।
तराई मधेशको विभिन्न जिल्लाको गाउँ–शहरमा दिदी–बहिनी तथा दाजुभाईहरुको प्रेम एवंम् स्नेह यथावत राख्नका लागि भगवान गोवद्र्धनको पूजाको भोली पल्ट विहीबार विहान पनि बिधिवत पूजा अर्चना गरि यो त्योहार मनाउँने चलन रहेको छ । दिदी–बहिनी र दाजु–भाईहरुको प्रेम तथा सुकुशल जीवनको कामनासँग जोडिएको यो त्योहारमा दिदी–बहिनीहरुले पहिले त भगवान गोवद्र्धन समक्ष श्राप दिएर आफ्ना दाजु–भाईहरुको सबै दुः ख र कष्ट मुक्त गर्दै उनीहरुको लामो दिर्घायूको कामना गर्दछन् ।
सोहि परम्परालाई कायम राख्दै विहीवार बिहान पाँच बजेको समयमा मध्य तराई मधेशको विभिन्न शहर देखि गाउँ–घरमा मधेशी समुदायका महिला तथा युवतीहरुले सामुहिँक रुपमा विभिन्न स्थानमा जम्मा भई भगवान गोवद्र्धनको पूजा–अर्चना सँगै पारम्परिक गीत समेत गाउँने गर्दछन् ।
यस दिनमा दिदी–बहिनीहरुले रेंङ्गनीको काँडाले आफ्ना जिब्रामा घोचेर आफ्ना दाजु–भाईलाई श्राप दिएर पुनः श्राप मुक्त गर्दछन् । प्राचीन काल देखी नैं चलिआएको धार्मिक परम्परा अनुसार महिलाहरुले गोवद्र्धन पूजा गरेर हिन्दु धर्ममा हुँने बिवाह र अन्य मांङ्गलिक कार्यहरु आजैबाट सुरु भएकोले गीत समेत गाउँने गर्दछन् । यो पर्व हिन्दु धर्मवालम्बीहरुको लागी निकै नैं महत्वपुर्ण मानिएको संस्कुति विधको भनाई रहेको छ । गोबर्धन पूजा पश्चात दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई सारो केराउलाई बजड्ीको रुपमा र मिठाई खुवाएर दाजु–भाईहरुको शक्ती तथा छाती बजड्ी झैं सारो तथा बलियो रहोस् भन्ने लामो आयूको आशिर्वाद दिने गर्दछन् ।
यसै धारणालाई रिती–रिवाजको पालना गर्दै बारा लगायत मध्ये तराईका सबै जिल्लाहरुमा दिदी–बहिनीहरुले आ–आफ्ना दाजु–भाईलाई आशिसको रुपमा बजड्ी र लड्डु खुवाएर उनिहरुको लामो दिर्घायूको कामना सहिँत आशिस दिएका छिन् ।
गोबर्धन पूजासँगै शुक्रवार देखि छठ पर्व बिधिवत रुपमा सुरु भएपनि यस वर्ष छठका लागी चाहीने शुध चाुलो बनाउन चहीने माटो हाल पाउन गाहरो भएको छ । पहिले पहिले माटो लिन गाउँमा रहेको खालि जग्गा ,चौपाया तथा नहरको किनाराबाट माटो लैयाउन चलन थियो भने हाल देशमा बढै गरेको जग्गा पलटीले माटो पाउन गाहारो भएको छ ।
पहाडी समुदायमा दिदी–बहिनीहरुले आ–आफ्ना दाजुभाईहरुलाई टिका लगाएर लामो आयूको आशिर्वाद दिने गर्दछन् । गोबर्धन पूजासँगै शुक्रवार देखि छठ पर्व बिधिवत रुपमा सुरु भएकोले बिहानैं देखी चरा चुरंगीहरुको चुरचुर जस्तै गाउँ–घरमा गीतको गुंजन समेत सुनिएको छ ।



