Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

लौरो (छाप) चुनाव चिन्ह लिएर मैदानमा उत्रेका सर्राफ अभियानलाई तिव्र बनाए

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – राजनितिक संगै समाजिक कार्यमा छुट्टै पहिचान बनाउँन सफल रहेका पर्सा क्षेत्र नम्बर १ को (ख) मा प्रदेश सभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले आफनो चुनावी अभियानलाई तिव्र बनाएका छन । लौरो (छाप) चुनाव चिन्ह लिएर मैदानमा उत्रेका सर्राफले बिहिबार आफनो क्षेत्र पर्ने वीरगन्जको विभिन्न वडाहरुको घर घरमा पुगेर जनता माझ आफनो योजना बताउँदै मतमाग्ने काम गरेका छन ।

उनले वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैया घुसुकपुर, वडा नम्बर ५ कुम्हालटोल, वडा नम्बर ८ पानीटंकी, वडा १५ भिस्वा र वडा नम्बर १६ नगवामा घरदैलो कार्यक्रमको आयोजना गरी आफनो पक्षमा मतदान गर्न मतदाताहरु संग आग्रह गरे ।

आफू राजनितिक व्यक्ति मात्र नभई, समाजिक क्षेत्रमा विगत लामो समयदेखि समाजमा योगदान पुरयाउँदै आएको हुनाले आफूमाथि एकपल्ट विश्वास गरी विजयी गराउँन मतदाताहरुलाई अनुरोध समेत उनले गरेका छन ।

पदमा नरहेको अवस्थमा पनि आफू जनताको सेवक बनी २४ औं घण्टा खटेर समाजिक सेवा गर्दै आएको छु, उनले भने थप समाजमा विकासको निम्ती पद र सत्ताको पहुँच आवश्यक रहेको हुनाले समाजिक रुपान्तरणको लागि म लाई विजय गराउँन अनुरोध छ ।

विगत पाँच बर्षमा प्रदेश सरकारले आफनो पार्टीको कार्यकर्ता पाल्ने बाहेक कुनै दृर्घकालिन काम नगरेको आरोप लगाउँदै यसपालिको चुनावमा जनता स्वयं परिर्वतनको महशुस गरेको हुनाले मेरो विकल्प बाहेक अरु कोहि नेता नरहेको ठोकुवा उनले गरे । उनले भने, जनताले मौका दिए आफू संग भिजन र योजना छ, बोलेर होईन काम गरेर देखाउँने आफू संग दृढईच्छा शक्ति छ ।

आफनो चुनाव चिन्ह छडी छापमा अत्याधिक मतदान गरी विजय गराउँनु नगरवासी संग अनुरोध समेत उनले गरे । घरदैलो कार्यक्रममा छडी छापकै समानुपातिक उम्मेदवार गुडी जोशी लगायतका महिला नेतृ एवं युवाहरुको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ कार्तिक १७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद