Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

काँग्रेस उम्मेदवार चौरसिया चडपर्बमा पनि चुनावी घरदैलोमा व्यस्त

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ८,मंगलवार
A A
3
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, ०८ कार्तिक : पर्साको निर्वाचन क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार अजय चौरसियाले चाँडपर्बमा पनि चुनावी घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

असोज २३ गते मनोनयन दर्ता गरेको दिन देखि नै चुनावी प्रचार प्रसारमा लागे सत्तागठबन्धनका पनि उम्मेदवार रहेका चौरसियाले चुनावी घरदैलो कार्यक्रम गर्दै मतदातासंगको भेटघाटलाई तिब्रता दिएका हुन् ।सोमबार लक्षमीपूजाका दिन पनि बिहान पर्सागढी नगरपालिकामा चुनावी घरदैलो गरेका चौरसियाले मङगलबार परुवाका दिन पनि वीरगन्जमा चुनावी घरदैलो गरेका छन् ।

म्ङगलबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा पर्ने रानीघाट , घण्टाघर , पानगल्ली , माइस्थान क्षेत्रका मतदाताको घरदैलोमा पुगेर चौरसियाले सत्तागठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे । त्यसक्रममा मतदाताहरुले पनि यसपालि आफुहरुले दल र उम्मेदवारको अनुहार नहरेी काम गर्ने र जनताको दुखसुखमा साथ दिने उम्मेदवारलाई मत हाल्ने बताए । अहिले पर्सा २ मा चुनाव लडेका सबै उम्मेदवार मध्ये चौरसिया नै सबै भन्दा योग्य र सक्षमका साथै विगतका काम हेर्दा विकास प्रेमी नेता भएकाले यसपालि चौरसियालाई नै मतदान गर्ने मतदाताहरुको भनाइ थियो ।

घरदैलो कार्यक्रममा सत्ता गठबन्धनबाट प्रदेशसभा सदस्यका लागि लोसपा उम्मेदवार रमेश कुर्मी , वडा नम्बर ९ का वडा अध्यक्ष जवाहर साह कानु , काँग्रेसका जिल्ला कार्य समिति सदस्य ज्योतिष सम्राट पण्डित पुरुषोत्तम दुबेका साथै काँग्रेस र लोसपाका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ कार्तिक ८,मंगलवार
अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ कार्तिक ८,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद