Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा प्रतिको आकर्षण बढ्दै, कांग्रेसका बुथ सभापतिले दलबलसहित गरे पार्टी प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ५ कार्तिक । पर्सा क्षेत्र नम्बर १ मा काँग्रेस नेतृत्वको सत्तागठबन्धनलाई ठूलो झट्का लागेको छ । क्षेत्र नम्बर १ अन्तर्गत नै पर्ने वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का काँग्रेसका प्रभावशाली नेता कार्यकर्ताहरु sसामूहिक रुपमै पार्टी परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

वडा नम्बर १२ का काँग्रेसका बुथ सभापति वीरेन्द्र महतो कोइरीको नेतृत्वमा काँग्रेसका ४५ जना नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

शनिबार वीरगञ्ज-१२ मुर्लीमा आयोजित जसपाको पार्टी प्रवेश कार्यक्रममा पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार प्रदीप यादवले कुशवाहा सहितका नेता कार्यकर्तालाई अबीर टिका र गम्छा लगाएर पार्टीमा स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै काँग्रेस छाडेर जसपामा प्रवेश गरेका कुशवाहाले पर्सा-१ मा काँग्रेस नेतृत्व विहीन भएको कारण आफुहरुले काँग्रेस छाडेर जसपामा प्रवेश गरेको बताए । उनले काँग्रेसको नीति, सिद्धान्त र निर्णय विपरित पूर्व जिल्ला सभापति अजय द्विवेदीले बागी उम्मेदवारी दिएको र उनको पक्षमा क्षेत्रीय सभापति अरविन्द गुप्तालगायतका नेताहरु लागेकाले पर्सा-१ मा काँग्रेस अब नेतृत्व बिहिन भएको बताए ।

पार्टीको नीति, सिद्धान्त र निर्णय नै नमान्ने नेताहरुको साथमा त्यो पार्टीमा बस्न नसकिने निष्कर्षमा पुगेर आफुहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेको कुशवाहाले बताए । उनले भने, ‘जुन पार्टीमा नेताले नै पार्टीको निर्णय मान्दैनन्, बागी उम्मेदवारी दिन्छन् अनि ती बागी उम्मेदवारकै पछाडि जिम्मेवार नेताहरु लाग्छन् भने त्यो पार्टीमा कुनै विचार र सिद्धान्त नै हुदैन, त्यहिबाट असन्तुष्ट भएर हामीले काँग्रेस छाडेका हौं ।’

कोइरीले मधेस र देशको हितमा काम गर्ने एक मात्र पार्टी जसपा नै भएको ठहर गर्दै आफूहरु जसपामा प्रवेश गरेको स्पष्ट पारे । उनले भने, ‘नेता हुनु त प्रदीप यादव जस्तो, जो जनताको हरेक दु:ख सुखमा साथ दिँदै आएका छन्, पदमा रहे पनि नरहेपनि जनताकै माझमा बसेका छन् यस्तो लोकप्रिय र विकास प्रेमी नेता पर्सालाई मात्र नभइ देशलाई सधै चाहिन्छ ।’

कार्यक्रममा बोल्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका प्रदीप यादवले पार्टीमा प्रवेश गरेका सबै नेता कार्यकर्ताहरुलाई जसपाले मूल्यांकन गरेर उचित व्यवस्थापन गर्ने बताए । उनले जसपाले मधेसको मुद्धा सडकदेखि सदनसम्म उठाउँदै आएको भन्दै मधेस र मधेसीलाई अधिकार सम्पन्न नबनाए सम्म संघर्ष गरिरहने पनि बताए ।

यादवले भने, ‘म पदमा रहे पनि नरहे पनि मलाई केहि फरक परेको छैन, किन कि मेरा लागि जनता जनार्दन हुन्, जनताको सुखदु:खमा म सदैव साथमै रहदै आएको छु र रहन्छु पनि ।’

उनले पर्सा-१ लाई मात्र नभइ समग्र पर्सा जिल्लाको विकास र समृद्धि आफनो लक्ष्य भएकाले अबका दिनमा पनि आफू दत्तचित्त भएर लागि रहने वाचा पनि गरे ।

जसपा वडा नम्बर १२ का एकाइ अध्यक्ष किशोर महतोको सभापतित्वमा कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्धी, जसपाका केन्द्रिय सदस्य वीरेन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद अन्सारी, पूर्व वडाअध्यक्ष रामदरश कुशवाहा लगायतका नेता कार्यकर्ताको सहभागीता थियो । कार्यक्रम सञ्चालन घनश्यामबाबु गुप्ताले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ कार्तिक ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद