Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको क्षेत्र ४ मा उम्मेदवार रिजाल प्रति जनलहर बढ्दै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन २६,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्साको क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले चुनावी चहलपहल बढेको छ । क्षेत्र नम्बर ४ को प्रतिनिधीसभा सदस्यमा सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काँँग्रेसका रमेश रिजाल रहेका छन् ।

गत आइतबार रिजालले उम्मेदवारी दर्ता गराएसंगै त्यस क्षेत्रमा काँग्रेसले चुनावी चहलपहल बढेको हो । यसै क्रममा काँग्रेसले बुधबार क्षेत्र नम्बर ४ को दुइ पालिकामा छुट्टा छुटटै कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ ।काँग्रेस क्षेत्रीय कार्य समितिले धोबिनी गाँउपालिकाको लङगडी र कालिकामाइ गाँउपालिकाको मुडड्लीमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।

काँग्रेस उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको दुवै कार्यक्रममा त्यस क्षेत्रका काँग्रेस अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजाललाइ अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता जनाए । उनिहरुले क्षेत्र नम्बर ४ को विकासमा सधै लागि रहने रिजाल यसपालि पनि उम्मेदवार बनेकाले यसले क्षेत्रका जनता पनि उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवार रिजालले विगतमा चुनाव हारे जिते पनि आफु क्षेत्रका जनताको सुखदुखमा सदैेव साथमा रहददै आएकाले जनमत आफनो पक्षमा रहेको बताए । उनले काँग्रेसले गरेका देशको समृद्धि र विकासका लागि गरेका काम बारे जनतालाइ बुझाउन कार्यकर्तालाइ निर्देशन पनि दिए । रिजालले काँग्रेसकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको सन्देश पनि जनता माझ पुरयाउन अनुरोध गरे ।

कार्यक्रममा पर्सा ४ (ख) का उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला प्रवक्ता रमेश पान्डे ,महाधिबेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, श्याम पटेल ,जिल्ला सह सचीव नवीन सिंह ,क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादव,सचिव बालिस्टर अहमद , नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी , कालिकामाइ गाँउपालिकाका अध्यक्षका प्रत्यासी अजय पटेल लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ आश्विन २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद