Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

२५ लाखमा बनाइयो महानगरमा गुणस्तरहीन कल्भर्ट पुल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २७,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा आर्थिक वर्ष २०७८र७९ को अन्तिम महिना असारमा बनाइएको पुल दुई महिना नपुग्दै भत्किएको छ।
महानगरको वडा नम्बर ३० लालपर्सा टोलमा २५ लाखको लागतमा बनाइएको कल्भर्ट पुल दुई महिना पनि नबित्दै भत्किएको हो।

गुणस्तरहीन सामग्री प्रयोग गरी बनाइएको पुल समान्य बाढीसमेत थेग्न नसकि भत्किएको छ। अहिले पुलको तल राखिएका चारवटा ह्युम पाइप भत्किएर पुलको वास्तविक अवस्था उजागर भएको छ।

गतको असार महिनाको अन्तिम साता बजेट सक्न उपभोक्ता समितिबाट पुल निर्माण गरिएको थियो। पुल निर्माण गर्दा समितिले पुल माथिको ढलान नै नगर्दा पुलमा रहेका रडहरू देखिन थालेको थियो। ती रडमाथि ढलान नहुँदा आम स्थानीबासीहरूले पुल निर्माणमा ब्याप्क भ्रष्टाचार भएको भन्दै असहमति जनाउँदै आएका थिए।
गुणस्तरहीन पुल निर्माण गरिएको भए पनि नेताहरूको दबाबका कारण पुलको निर्माण रकम भुक्तानी गरिएको थियो। उपभोक्ता समितिमार्फत् बनाइएको उक्त कल्भर्ट पुलको आधाभन्दा बढी भागमा ढलान नै भएको छैन।

ढलान पनि नभएका कारण पुलको माथिल्लोपट्टि राखिएको छडसमेत खुल्ला रूपमै राखेर छाडिएको थियो। जसका कारण समान्य बाढीले पुललाई भत्काइ दिएको छ।गुणस्तरहीन कल्भर्ट पुल निर्माण भएको भन्दै स्थानीयबासीहरूले पुल निर्माणको क्रममा चरम रूपमा आर्थिक अनियमितता गरी भ्रष्टाचार गरिएको भन्दै सोमा संलग्न उपभोक्ता समतिका पदाधिकारी, इन्जिनियरलगायतलाई कारबाही गर्नुपर्ने मागसमेत गरेका छन्।
आफूले पहिलेदेखि नै पुल निर्माणमा अनियमितता भएको भन्दै आएको तथा अहिले पुल भत्केर अनियमिततालाई पुष्टिसमेत गरेको वडा नम्बर ३० का स्थानीय जमुना साहले बताए।

उनले पुल निर्माण गर्दा कतिसम्मको भ्रष्टाचार भएको भनि पुल हेरेर नै थाहा पाएको बताए। ‘मैले पहिलेदेखि भन्दै आएको थिए यसमा धेरै भ्रष्टाचार भएको छ, उपभोक्ता समितिले पैसा खाएको छ, उनले भने,‘तर पहिले कसैले यसमा ध्यान दिएन अहिले हेर्नुस पुल त भत्कियो नि।’ बजेटको पैसा खेर फालेर यसरी गुणस्तरहीन काम गर्ने समितिका पदाधिकारीलाई कारबाही हुनुपर्ने साहको माग छ।

पहिलेदेखि नै बजेट सिध्याउन गुणस्तरहीन सामान प्रयोग गरेर उपभोक्ता समितिका मान्छेले पुल बनाएको वडा नम्बर ३० का पूर्ववडाध्यक्ष अमानत अन्सारी बताउँछन्। उनले कार्यकर्ता पोस्नको लागि बजेट दिइएकोले पार्टीका कार्यकर्ताहरुले खाएर सिध्याई दिएको जानकारी दिए।
यस्ता गलत कार्य गर्ने जो कोहीको पनि विरोध गर्नुपर्ने अन्सारीको भनाइ छ। भत्किएको पुल निर्माण गर्नको लागि मधेस प्रदेशकी प्रदेश सांसद भीमा यादवको संसदीय विकास कोषको २५ लाखको लागतमा उक्त पुल निर्माण भएको हो।

उपभोक्ता समितिले पुल पुरै निर्माण गर्न नसक्दा २५ लाख मध्ये १४ लाख रुपैया मात्रै भुक्तानी पाएको थियो। गुणस्तरहीन पुल निर्माण गरेपनि समितिले नेताहरूको पहुँचका कारण भुक्तानी पाउन सफल भएको थियो।

उपभोक्ता समितिका अध्यक्ष सन्तोष साहले पुल भत्केको बारेमा इन्जिनियरलाई थाहा हुने बताए। बाढी आएकाले पुल भत्केको हुन सक्ने उनले बताए। ‘पुल भत्केको कुरा इन्जिनियरले जानुन् भत्कियो त भत्कियो, बाढी आएको होला तलको माटो बगायो पुल भत्कियो’, उनले भने।

यता पुल निर्माणमा खटिने पूर्वाधार विकास कार्यालयका इन्जिनियर रामदेव यादव भने सोही बेला बढुवा भएर अन्तै गएकाले उनीसँग सम्पर्क हुन सकेन। वडा नम्बर ३० लालपर्सामा बर्सेनि भेडाहा खोलाको बाढीले क्षति पुर्याउने गरेको छ। तर, यसपालि भने भेडाहा खोलामा बाढी निक्कै कम आएकोले आसपासका खेतहरुमा समेत क्षति गरेको छैन। तर बाढीको बहाना बनाएर पुल भत्केको भनि दाबी उपभोक्ता समितिका अध्यक्ष साह गर्छन्।

पुल निर्माणमा चरम अनियमितता भइ गुणस्तरहीन निर्माण भएको बारेमा प्रदेश सांसद भीमा यादवसित निर्माण भएकै समयमा बुझ्दा उनले गुणस्तरीय काम भए नभएको बारेमा इन्जिनियरले ध्यान दिनुपर्ने बताएकी थिइन्।

कलभर्ट पुल अहिले अधुरो नै निर्माण भएको बताउँदै यादवले आर्थिक वर्ष २०७९र८० मा त्यही पुल बनाउन थप बजेट दिने पनि बताएकी थिइन्। सभार देशशंचार बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र २७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद