Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपाली कांग्रेस पर्साको दुवै समूहले गठबन्धनका साझा उम्मेदवारहरुका लागि भोट माग्न थाले

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ बैशाख १९,सोमबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सत्ता गठबन्धनबाट वीरगञ्ज महानगरपालिकाको मेयरका साझा उम्मेदवारलाई विजयी बनाउन जसपा र कांग्रेसले घरदैलो कार्यक्रमलाई तिब्र बनाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) का मेयरका उम्मेदवार राजेशमान सिँह र नेपाली कांग्रेसबाट उपमेयरका उम्मेदवार इम्तियाज आलमलाई जिताउन नियमित रुपमा ५ दलका नेता कार्यकर्ताहरुले घरदैलो गरीरहेका छन् ।

सोही क्रममा आइतवार वीरगञ्ज महानगरपालिका वडा नम्बर २५ सिरसियाका वडाबासीसँग छलफल तथा भेटघाट गरिएको छ ।  भेटभाटमा जसपा र कांग्रेसका दिग्गज नेताहरुको उपस्थिति रहेको थियो ।
गठबन्धनलाई कांग्रेस पर्साको एउटा ठूलो समूहले समर्थन नगर्ने चर्चा चलिरहेको बेला पार्टीभित्र रहेका दुवै समूहले गठबन्धनका साझा उम्मेदवारहरुका लागि भोट माग्न थालेका छन् । शनिबार मात्रै कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसियाले गठबन्धनका उम्मेदवारलाई विजयी गराउन वीरगञ्ज महानगरपालिका वडा नम्बर ९, १० र ११ का कार्यकर्ताहरुको सहभागितामा ठूलो जुलुस निकालेका थिए ।
चौरसिया एक ठाउँमा जुलुस निकाली रहँदा कांग्रेस पर्साका प्रभावशाली नेता एवं संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य वीरगञ्जका मेयर उम्मेदवार राजेशमान सिंह र उपमेयर उम्मेदवार इम्तियाज आलमसँग वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ मा घरदैलो गरिरहेका थिए  ।
चौरसिया र अमात्य कांग्रेस पर्सामा रहेको दूइ समूहको नेतृत्व गर्छन । तर अहिले कांग्रेसको दुवै समूहले आपसी मतभेदलाई अन्त्य गर्दै गठबन्धनका साझा उम्मेदवारहरुलाई जिताउन कसरत गरिरहेका छन् ।

गठबन्धनलाई विजयी बनाउने सिरसियाका वडाबासी पनि सकारात्मक छन् । सिंहले पनि स्थानीयसँग गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन आग्रह गरे ।

उपमेयरका उम्मेदवार आलमले वडाबासीले पूर्ण रुपमा गठबन्धनलाई नै साथ दिने विश्वास व्यक्त गरेका छन् ।

घरदैलोमा जसपा पर्साका अध्यक्ष रामनरेश प्रसाद यादव, जसपाका नेता प्रेमबाबु पटेल, मुकेश द्विवेदी लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ बैशाख १९,सोमबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ बैशाख १९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद