Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

जेन्जी आन्दोलनका सहिद परिवारलाई भेटेर सपथ लिन हिँडे सांसद हरि पन्त

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

पर्सा। पर्सा–१ का सांसद हरि पन्तले प्रतिनिधि सभाको सपथ ग्रहण गर्न जानुअघि जेन्जी आन्दोलनका सहिद परिवारलाई भेटेका छन्।

सपथ ग्रहणका लागि काठमाडौं प्रस्थान गर्नुअघि सांसद पन्तले जेन्जी आन्दोलनका सहिद असाब आलम ठकुराइकी आमा नजला खातुन र भाइ मुराद आलम ठकुराइलाई सहिदकै घरमै पुगेर भेट गरेका हुन्।

भेटका क्रममा सांसद पन्तले सहिद परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था मिलाउन अब बन्ने सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनले जेन्जी आन्दोलनकै कारण देशमा परिवर्तन सम्भव भएको उल्लेख गर्दै आन्दोलनका सहिदहरूको बलिदानीको उच्च सम्मान गर्ने बताए।

सो अवसरमा सांसद पन्तले सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान पनि प्रकट गरेका थिए।

जेन्जी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंको कोटेश्वरमा भएको घटनामा गोली लागेर असाब आलम ठकुराइको घटनास्थलमै मृत्यु भएको थियो। सहिद आलमको परिवारमा श्रीमती, बुबा–आमा र भाइहरू रहेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद