Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

होलिको पूर्वसन्ध्यामा वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ८ सय थान निःशुल्क कपडा वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — आपसी एकता, भाइचारा र हर्षोल्लासको प्रतीक महापर्व होलिको पूर्वसन्ध्यामा वीरगन्ज कपडा बैंक ले वीरगन्जको घण्टाघर परिसरमा निःशुल्क कपडा वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राख्दै बैंकले नयाँ तथा नयाँजस्तै गरी करिब ८ सय थान कपडा वितरण गरेको जनाएको छ। कार्यक्रममा बोल्दै कोषाध्यक्ष मनोज मिश्राले संस्थाले हरेक हप्ता आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि साँझ ५:३० बजेसम्म र शनिबार दिउँसो १ बजेसम्म वीरगन्ज–८ स्थित कार्यालयबाट गरिब, असहाय तथा विपन्न नागरिकलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको जानकारी दिए। होलिको अवसर पारेर सार्वजनिक स्थलमै कार्यक्रम गरी बढीभन्दा बढी आवश्यकतामा परेकालाई राहत पुर्‍याउने उद्देश्य रहेको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र कुर्मीले मानव सेवाभन्दा ठूलो धर्म अरू नभएको उल्लेख गर्दै प्रत्येक सक्षम व्यक्तिले आफ्नो आम्दानीको कम्तीमा पाँच प्रतिशत रकम दीनदुखी तथा असहायको सेवामा खर्च गर्नुपर्ने धारणा राखे। “मानवताको आधार सहयोग र सहकार्य हो। चाडपर्व रङको मात्र पर्व होइन, सत्यता, हर्षोल्लास, आपसी सद्भाव र एकता बलियो बनाउने अवसर पनि हो,” उनले भने। उनले होलि पर्व शान्तिपूर्वक र मर्यादित रूपमा मनाउन सबैलाई आग्रह गर्दै शुभकामना व्यक्त गरे।

संस्थाका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिहरूले चाडपर्वको समयमा नयाँ लुगा किन्ने सामर्थ्य सबैसँग नहुने यथार्थ स्मरण गराउँदै नयाँ तथा नयाँजस्तै कपडा उपलब्ध गराउनु सामाजिक कर्तव्य भएको धारणा राखे। उनीहरूले वीरगन्ज कपडा बैंकको अभियानमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल बार एसोसिएसन पर्साका सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ पर्साका अध्यक्ष, विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधि, युवा समाजसेवी, सुरक्षा निकायका प्रतिनिधि तथा पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अध्यक्ष सिंहले होलि विशेष अभियानअन्तर्गत काठमाडौं निवासी रबि परियार र उनका तीन साथीद्वारा ३० थान नयाँ होलि टिसर्ट सहयोग प्राप्त भएको जानकारी गराउँदै सबै दाता, सल्लाहकार, शुभेच्छुक, सञ्चारकर्मी तथा पदाधिकारीप्रति आभार व्यक्त गरे। उनले यस्ता सहयोगले सामाजिक एकता र मानवीय संवेदनशीलता अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।

वीरगन्ज कपडा बैंकले विगतदेखि नै गरिब, असहाय तथा विपन्न वर्गका लागि कपडा संकलन तथा वितरण अभियान सञ्चालन गर्दै आएको छ। संस्थाले “मानवताको सेवा नै सर्वोत्तम धर्म” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।

होलिको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमले सामाजिक सद्भाव, सहकार्य र मानवताप्रति प्रतिबद्धता अभिव्यक्त गर्दै सम्पूर्ण नगरवासीमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद