Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–१ मा जसपाको शक्ति प्रदर्शनः विभिन्न दल परित्याग गर्दै सयौं नेता–कार्यकर्ता प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा जनता समाजवादी पार्टी (जसपा) को शक्ति थप सुदृढ भएको छ। विभिन्न राजनीतिक दल परित्याग गर्दै सयौं नेता तथा कार्यकर्ता जसपामा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ का उम्मेदवार रामनरेश यादवलाई विजयी गराउन संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका प्रत्याशी रहेका शिव पटेलसहित विभिन्न दलका प्रभावशाली नेता तथा कार्यकर्ताहरू जसपामा समाहित भएका हुन्।

पार्टी प्रवेश गर्नेहरूमा शिव पटेल, सन्तोष पासवान, इस्लाम मियाँ, हरेराम पटेल, जंगबहादुर पासवान, नथु राउत, जलिल मियाँ, मुख्तार देवान, उमेश पटेल, आसिक अन्सारी, साम सिंह, सुरेन्द्र राम, धन सुनार साह र सोनालाल मण्डललगायत सयौं युवा तथा कार्यकर्ता सहभागी थिए।

नवप्रवेशीहरूलाई मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी र जसपा उम्मेदवार यादवले टीका र गम्छा लगाएर स्वागत तथा सम्मान गरेका थिए। सो अवसरमा बोल्ने नेताहरूले मधेसी समुदायको अधिकार, सामाजिक न्याय र समावेशी विकासका मुद्दालाई सशक्त रूपमा उठाउन जसपा नै प्रभावकारी राजनीतिक शक्ति भएको धारणा व्यक्त गरे।

उम्मेदवार यादवले पार्टीमा प्रवेश गर्ने सबैप्रति आभार व्यक्त गर्दै जनताको भरोसालाई अझ मजबुत बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए। उनले निर्वाचनपछि पर्सा–१ को समग्र विकास, रोजगारी सिर्जना, सुशासन र समावेशी विकासलाई प्राथमिकतामा राखेर काम गर्ने स्पष्ट पारे।

चुनावी माहोल तातिँदै गएको सन्दर्भमा विभिन्न दलबाट जसपामा भइरहेको सामूहिक प्रवेशले पर्सा–१ को राजनीतिक समीकरणमा नयाँ गति र चर्चा थपिएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद