Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बिरुवागुठीका सबै वडामा एकैदिन घरदैलो गर्दै अजयकुमार चौरसियाको शक्ति प्रदर्शन, कांग्रेसको आधार थप मजबुत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अजयकुमार चौरसियाले आफ्नो बलियो आधार मानिएको बिरुवागुठी क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्।

उम्मेदवार चौरसियाले पर्सा–२ अन्तर्गत पर्ने बिरुवागुठीका सबै वडामा एकैदिन घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन्।

बिहानदेखि साँझसम्म सञ्चालन गरिएको अभियानमा स्थानीय बासिन्दाको उल्लेख्य र उत्साहपूर्ण सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा चौरसियाले विगतमा आफूले क्षेत्रको विकास, पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका पहलहरूबारे जानकारी गराउँदै आगामी कार्ययोजनासमेत सार्वजनिक गरेका थिए।

उनले “विकासलाई निरन्तरता दिन र अधुरा योजनालाई पूरा गर्न पुनः एकपटक अवसर दिन” मतदातासँग आग्रह गरेका थिए।

स्थानीयवासीहरूले भने चौरसियालाई पुनः मत दिएर विजयी गराउने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

विशेषगरी युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले बिरुवागुठीमा कांग्रेसको जनआधार अझ मजबुत देखिएको स्थानीय विश्लेषकहरू बताउँछन्।

एकैदिन सबै वडामा गरिएको घरदैलो कार्यक्रमलाई चौरसियाको चुनावी रणनीतिमा ‘शक्ति प्रदर्शन’का रूपमा हेरिएको छ।

चुनाव नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि तीव्र बन्दै गइरहेका बेला चौरसियाको यो सक्रियता उनलाई थप ऊर्जा र लाभ पुग्ने संकेतका रूपमा व्याख्या गरिएको छ। Better news headline

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद