Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुर, ताजपुर, कोइरिया टोल र ततवा टोलमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा आज वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ अन्तर्गत परवानीपुर, ताजपुर, कोइरिया टोल तथा ततवा टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले उम्मेदवार सिंहलाई फूलमाला तथा खादा लगाई भव्य स्वागत तथा सम्मान व्यक्त गरेका थिए। घरदैलो कार्यक्रममा स्थानीयहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

भेटघाटका क्रममा स्थानीयवासी तथा युवाहरूले विगतका राजनीतिक दल तथा उम्मेदवारहरूले चुनावको समयमा आश्वासन मात्र दिने तर विकास निर्माण र रोजगारी सिर्जनाका क्षेत्रमा कुनै ठोस उपलब्धि हासिल गर्न नसकेको भन्दै गुनासो व्यक्त गरेका थिए। चुनाव नजिकिँदा युवाहरूलाई प्रयोग गर्ने र रोजगारीको आश्वासन दिने तर निर्वाचनपछि जनतासँग सम्पर्कविहीन हुने प्रवृत्तिको अन्त्य गर्नुपर्ने भन्दै यस्ता नेताहरूलाई बहिष्कार गरी सक्षम तथा नयाँ उम्मेदवारलाई आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता स्थानीयहरूले जनाएका थिए।

स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई काम गर्ने नेतृत्वको रूपमा प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरेका थिए।

उम्मेदवार सिंहले स्थानीयवासीहरूको समस्या आफू निर्वाचित भएलगत्तै समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य तथा रोजगारीलाई प्राथमिकतामा राखेर विकासका कार्यक्रम अघि बढाइने बताउनुभयो। साथै, निर्वाचित भएपछि स्थानीय स्तरमै कलकारखाना स्थापना गरी योग्य तथा सक्षम व्यक्तिहरूलाई रोजगारी प्रदान गर्ने योजना रहेको जानकारी दिनुभयो।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भई प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्‍याई क्षेत्रको समग्र विकासका लागि प्रभावकारी आवाज उठाउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई विजयको अग्रिम शुभकामना व्यक्त गर्दै आगामी निर्वाचनमा पूर्ण साथ र समर्थन रहने विश्वास व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद