Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाइ–३ का वडाध्यक्ष दिनेश यादवसहित दर्जनौँ नेता–कार्यकर्ता कांग्रेस प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट निर्वाचित बहुदरमाइ नगरपालिका वडा नं.–३ का वडाध्यक्ष दिनेश यादव सहित दर्जनौँ नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्।

बिहीबार आयोजित विशेष कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नं. २ का कांग्रेस उम्मेदवार अजयकुमार चौरसिया ले वडाध्यक्ष यादवसहित सहभागीहरूलाई फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।

कांग्रेस प्रवेशको कारण स्पष्ट पार्दै वडाध्यक्ष यादवले क्षेत्रको समग्र विकास, पारदर्शिता र जनताको अपेक्षा पूरा गर्न कांग्रेस नै उपयुक्त विकल्प भएको बताए। उनले बहुदरमाइ–३ का नागरिकको हितलाई केन्द्रमा राखेर अझ सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

कांग्रेस उम्मेदवार चौरसियाले यादवसहितको टोलीको प्रवेशले बहुदरमाइ क्षेत्रमा पार्टी संगठन थप सुदृढ भएको दाबी गरे। “यो केवल पार्टी प्रवेश मात्र होइन, जनमतको स्पष्ट संकेत हो,” उनले भने, “अब बहुदरमाइमा कांग्रेसको लहर देखिन थालेको छ।”

स्थानीय राजनीतिक वृत्तमा वडाध्यक्षसहितको यो सामूहिक प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस घटनापछि पर्सा क्षेत्र नं.–२ को चुनावी समीकरणमा नयाँ मोड आउने आकलन गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १४,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद